नेपालको शिक्षा नीतिमा परिवर्तनको खाँचो: मन्त्री बस्नेत
भक्तपुर, २१ माघ । उद्योग मन्त्री महेश बस्नेतले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयको साधारणसभा एवम् सीप विकास तालिमको आज उद्घाटन गर्दै उहाँले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन नभएसम्म बेरोजगारी समस्या समाधान नहुने बताउनुभयो ।
नेपालको शिक्षा गरिखाने शिक्षा नभएको बताउँदै उहाँले व्यावहारिक र सीपयुक्त शिक्षाले मात्र देशको बेरोजगारी समस्या हल गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय क्षेत्रमै प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति अबलम्बन गर्नसके स्वदेशमै आफ्नो सीप बेचेर बाँच्न सक्ने बताउँदै मन्त्री बस्नेतले यस्तो शिक्षा भए विदेशमा जाने नेपालीले पनि जोखिम मोल्ने काम नभई सीपअनुसारको काम पाउन सक्ने बताउनुभयो ।
आजदेखि सुरु हुने तालिममा एकल, दलित, अपाङ्गता भएका व्यक्ति तथा जनजाति महिलालाई एक महिने हातेव्याग बुन्ने तालिम सञ्चालन गरिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया