एमाओवादी गठबन्धनले संविधानसभामा भाग नदिने

इनेप्लिज २०७१ माघ २१ गते ६:४१ मा प्रकाशित

काठमाडौँ, २१ माघ । एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठकले माघ २२ गते बोलाइएको संविधानसभाको बैठक तीव्र विरोध हुँदा हुँदै अगाडि बढाइएकाले उक्त कदम नसच्याएसम्म भाग नलिने निर्णय गरेको छ ।

आज बसेको बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको आन्दोलनप्रति गरेको टिप्पणीमा असन्तुष्टी जनाएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया