बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २०:०६
वासिङटन डिसी 10:21

एडिबीको सहयोग अझ विस्तार हुने विश्वास

इनेप्लिज २०७१ माघ २० गते १७:०५ मा प्रकाशित

indexकाठमाडौँ, २० माघ । अर्थमन्त्री डा रामशरण महतले नेपालको आर्थिक विकास वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आवासीय कार्यालय स्थापना गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले चालु आवको बजेटबाट पनि देश लगानी प्रवद्र्धन, निजी क्षेत्रको सहभागिता अभिवद्धि, संरचना एवम् संस्थागत सुधार लगायत कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

उहाँले लम्बिँदो राजनीतिक सङ्क्रमणमा पनि सामाजिक, आर्थिक विकासका साथै गरिबीको अनुपात घटाउने मातृ तथा शिशु मृत्यदर घटाएर नेपालले संयुक्त राष्ट्र सङ्घद्वारा निर्धारित सहस्राब्दी विकास लक्ष्य प्राय पूरा गरेको बताउनुभयो । नेपालको पूर्वाधार तथा मानव संसाधन विकासमा एडिबीले गरेको सहयोगप्रति आधार व्यक्त गर्दै मन्त्री डा महतले त्यस्तो सहयोग भविष्यमा पनि अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

एडिबीका अध्यक्ष ताकेहिरा नाकाओले नेपालको अपार जलस्रोतको उपयोग हुनुपर्नेमा जोड दिँदै पूर्वाधार विकासलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासैनीले एडिबीले २५ औँ वर्षको अवधिमा नेपालमा सञ्चालन भएका विकासका परियोजनाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया