सोमबार, कार्तिक ८ २०७८
काठमाडौं १२:२०
वासिङटन डिसी 02:35

संविधान निर्माणमा सबै दललाई मिलाए लैजानुपर्छ: थापा

इनेप्लिज २०७१ माघ २० गते १६:०५ मा प्रकाशित

kamal thapaभक्तपुर, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले सबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुई तिहाइ बहुमतको दम्भमा सत्ताधारी काँग्रेस–एमाले अगाडि बढ्न नहुने बताउँदै अध्यक्ष प्रश्नावली प्रस्ताव समिति उपबुज्रुकको निकाय भएको आरोप लगाउनुभयो । धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताका विपक्षमा कुनै पनि प्रश्न बनाउन नपाउने गरी गरिएको निर्णय निरङ्कुश शैलीको उदय भएको टिप्पणी गर्दै उहाँले यो अधिकार समितिसँग नभएको जिकिर गर्नुभयो ।

नेता थापाले भन्नुभयो, “राप्रपा नेपालको एजेन्डा जनतामाझ लैजान दिइनुपर्छ, त्यसलाई जनताको मतले हराइदिए स्विकार्छौँ ।”

प्रतिक्रिया