अवैध हतियारसहित दुईजना पक्राउ
इनेप्लिज
२०७१ माघ २० गते १६:०० मा प्रकाशित
काठमाडौँ, २० माघ । सशस्त्र प्रहरी बलको विशेष टोलीले अवैध हतियारसहित दुई जनालाई आज साँझ सिनामङ्गलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक–२ बस्ने २८ वर्षीय मालते तामाङ र रामेछापको बेथान–५ कमलडाँडा बस्ने २७ वर्षीय जिम्बो लामा भन्ने मिमलाल दोङ छन् ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, सोको दुईवटा गोली, दुईवटा मोबाइल तथा नगद रु २१ हजार ४९५, १० अमेरिकी डलर र पाँच भारतीय रुपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।
उनीहरु लुटपाटलगायत आपराधिक गतिविधिमा संलग्न रहेको तथा अवैध हतियारसमेत रहेको भन्ने सुराकीको आधारमा केही दिनदेखि सशस्त्र प्रहरीको विशेष टोलीले निगरानी गरिरहेको बताइएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया