शुक्रबार, मंसिर २८ २०७५
काठमाडौं ०१:५७
वासिङटन डिसी 15:12

तेह्रौँ आहा रारा गोल्डकप सुरु

इनेप्लिज २०७१ माघ २० गते १५:०९ मा प्रकाशित

timthumb.phpपोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा आजदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिम र विदेशी गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद र पर्यटनको क्षेत्रमा विकास हुने बताउनुभयो ।

आज भएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमराले आयोजक सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४/३ गोलले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

भोलिको खेल नेपाल एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलालीबीच हुनेछ ।

प्रतिक्रिया