मधेसवादी दलका कारण संविधान प्रक्रिया अगाडि बढेन: नेता खड्का
इनेप्लिज
२०७१ माघ २० गते १५:०६ मा प्रकाशित
कावासोती, २० माघ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले मधेसी दलका कारण संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ६ नवलपरासीको क्षेत्रीय भेलालाई आज गुठी प्रसौनीमा सम्बोधन गर्र्दै पूर्व मन्त्रीसमेत रहनुभएका नेता खड्काले मधेस केन्द्रित दलहरुले एमाओवादीलाई उक्साएर सहमतिमा ल्याउन नखोजेको आरोप लगाउनुभयो ।
संविधानसभामा फरक–फरक विचारधाराका सिद्धान्त बोकेका पार्टी र सभासद् रहेकाले सहमतिबाट संविधान आउनै नसक्ने ठोकुवा गर्नुभयो । सबै राजनीतिक दलले आफ्नो हठ त्यागेर सहमति र प्रक्रिया सँगसँगै अगाडि बढाए मात्र संविधान निर्माणमा सहज हुने नेता खड्काले बताउनुभयो ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया