महाकालीमा पुल नहुँदा सास्ती
भीमदत्तनगर, २० माघ । महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका झन्डै एकदर्जनभन्दा बढी गाविसका स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
लामो समयदेखि सो क्षेत्रमा पुल नहुँदा दिनहुँ महाकाली नदीबाट आवतजावत गर्न समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
उनीहरुले दैनिक उपभोग्य सामग्री ल्याउन भारतका विभिन्न ठाउँमा महाकाली नदी तरेर जानुपर्ने बाध्यता छ ।
पुल निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि कसैले ध्यान नदिएको स्थानीय वीरेन्द्र जोशीले बताउनुभयो ।
यस्तै दशरथचन्द नगरपालिका र ग्वाल्लेक गाविस जोड्ने नीलगढ खोलामाथि राखिएको पुलसमेत जीर्ण हुँदा स्थानीयवासीलाई समस्या भएको छ । ग्वाल्लेक गाविसका नागरिकले जिल्ला सदरमुकाम तथा झुलाघाट जाने मुख्य बाटोमा रहेको पुल जीर्ण भएपछि उनीहरुलाई समस्या भएको हो ।
दशरथ चन्द नगरपालिका र ग्वाल्लेक गाविसको सिमानामा पर्ने पुल दुवै क्षेत्रका स्थानीयवासीले प्रयोग गर्ने भएकाले तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया