एमाओवादी प्रक्रियामा नआएपनि संविधान आउँछ: अध्यक्ष ओली
काठमाडौँ, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताउनुभएको छ ।
प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा रहेर भूमिका निर्वाह गर्न अग्रसर रहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “प्रक्रिया अघि बढिसकेको छ, अब मुलुकले लोकतान्त्रिक संविधान पाउनेछ, एमालेले त्यसको अगुवाइ गर्नेछ ।”
उहाँले राष्ट्रिय एकता, मुलुकको समृद्धि, दीगो शान्ति, जातीय सद्भाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान आउने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले जातीय पहिचानको राज्य पुनःसंरचना मुलुकलाई आवश्यक छैन भन्नेतर्फ प्राध्यापक र बुद्धिजीवीले पनि सामाजिक चेतना फैलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्गठनका निवर्तमान अध्यक्ष विजयबहादुर सिलवालले नवनिर्वाचित अध्यक्ष डा यादवप्रकाश लामिछानेलाई पद हस्तान्तरण गर्नुभयो ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया