एक करोड भन्दा बढी मूल्यको सुपारी बरामद
बनियानी (झापा), २० माघ । झापा प्रहरीले सुपारी तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
आव २०७१/७२ को छ महिना अवधिमा प्रहरीले रु एक करोड २० लाख ५४ हजार मूल्यबराबरको ६० हजार २७० केजी सुपारी बरामद गरीे भन्सार कार्यालयमा बुझाएको छ ।
आव २०७०/७१ मा एक लाख ८९ हजार ८९४ केजी सुख्खा सुपारी बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको थियो । बरामद सुपारीको मूल्य रु एक करोड ६९ लाख ६० हजार हुन्छ ।
सुपारी नियन्त्रणमा प्रहरी सक्रियताले झापामा तेस्रो मुलुकबाट आयातित सुपारीको परिमाण घटेको छ ।
गत वर्ष सुपारी तस्करीमा प्रयोग गरिने रिक्सा २२२ थान र ३५ वटा साइकल वटा भन्सार कार्यालयमा बुझाइएको थियो । यो वर्ष १६१ थान रिक्सा र ५० वटा साइकल बुझाइएको छ ।
अवैध रुपमा निकासी हुने सुपारी नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि आक्रमणसमेत भएका छन् । गत वर्ष छ महिनामा प्रहरीमाथि १० वटा आक्रमण भएकामा १६ जना पक्राउ परेका थिए । यस वर्ष सुपारी नियन्त्रणमा प्रहरीले छवटा झडपका घटनामा १२ जना पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाएको छ ।
गत वर्ष सुपारी तस्करी नियन्त्रणमा लापर्बाही गर्ने १८ प्रहरीलाई सजाय र छजनालाई पुरस्कृत गरिएको थियो । चालु आवको छ महिना अवधिमा विभिन्न दर्जाका १३ जना प्रहरीलाई सजाय र २० जनालाई पुरस्कार दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया