गर्भवती महिलाको रेखदेख अब मोबाइलबाट
रत्ननगर (चितवन), २० माघ । यदि तपार्इं गर्भवती भएको छु भन्ने लागेमा सबैभन्दा पछिल्लो महिनावारीको मितिसहित आफ्नो नाम र ठेगानालाई नजिकैको सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा गई www.amayakkomaya.com भन्ने वेबसाइटमा दर्ता गर्नुहोला । यो वेबसाइटमा राख्नुभएको प्रयोगकर्ताको युजर नाम र पासवर्डको नम्बर याद गर्नुहोला ।
यस वेबसाइटबाट तपार्इंको गर्भ रहेको तीन महिनाभित्रमा तपार्इंलाई एक भिडियो, एक अडियो र पढ्ने सामग्री उपलब्ध गराइनेछ । साथै टेक्स्टमा तपाईंको गर्भमा तपाईंको शिशु कसरी बढिरहेको छ, र उसको राम्रो वृद्धिका लागि तपाईंले के के गर्नुपर्छ भन्ने जानकारी दिइएको हुन्छ ।
तपाईंको शरीर र व्यवहारमा के के परिवर्तन आउँछन् भन्ने कुरा तपाईं थाहा पाउनुहुनेछ । त्यसपछि गर्भ रहेको सात महिनासम्म हरेक १५, १५ दिनमा तपाईंले नयाँनयाँ खबर पाउनुहुनेछ । सात महिनापछि ३८औँ हप्तासम्म नयाँ नयाँ खबर हप्तैपिच्छे आइरहन्छ ।
साथै, हरेक खबर सुनिसकेपछि प्रश्न र उत्तर भन्ने पेजमा गएर ‘हामीले सोधेका प्रश्नको उत्तर दिनुहोला’ र त्यसपछि तपार्इं ‘चिकित्सकलाई सोध्न चाहने कुनै जिज्ञासा भए प्रतिक्रिया’ भन्ने पेजमा जानुहोला र लेख्नुहोला ।
यो एउटा श्रव्य सामग्री हो । गर्भ बसेको छ भन्ने लागेका महिलालाई सुनाउन स्वास्थ्य स्वयम्सेविका मोबाइल बोकेरै घर–घरमा पुग्छन् र जानकारी दिन्छन् ।
गर्भवती महिलाले घरमै बसेर आफ्नो गर्भको बच्चाको अवस्था कस्तो छ अनि कुन बेलामा कस्तो खानेकुरा खानुपर्छ र कस्तो सावधानी अपनाउनुपर्छ भन्ने कुरा थाहा पाउने प्रविधि चितवन बछौलीमा झुवानी सामुदायिक पुस्तकालयले भित्र्याएको छ ।
‘आमाको माया’ नामक मोबाइल फोन एप्लिकेसनमार्फत यस्तो जानकारी गर्भवती आमाले पाउँछन् ।
यस्तो जानकारी पाउन गर्भवती भएजस्तो लागेका महिलाले www.amakomaya.com मा जानुपर्छ । घरमै इन्टरनेट सुविधा छ भने यो काम घरबाटै गर्न सकिन्छ । घरमा यस्तो सुविधा छैन भने आफूलाई पायक पर्ने सम्बन्धित सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा जानुपर्छ ।
त्यहाँ आफूलाई महिनावारी भएको सबैभन्दा पछिल्लो मिति, आफ्नो नाम र ठेगाना वेबसाइटमा दर्ता गराउनुपर्छ । दर्ता गराएका महिलालाई गर्भ रहेको तीन महिनाभित्रमा एउटा भिडियो, एउटा अडियो र एउटा लिखित जानकारी वेबसाइटबाट पठाइन्छ ।
यसबाट गर्भवती महिलाले सो अवधिमा गर्भमा शिशु कसरी बढ्छ र बच्चा राम्ररी बढोस् भन्नाका लागि आमाले के–के गर्नुपर्छ, आमाको शरीर र व्यवहारमा के–के परिवर्तन आउँछन् भन्ने कुरा थाहा पाउँछन् ।
त्यसपछि गर्भ रहेको सात महिनासम्म हरेक १५–१५ दिनमा नयाँ–नयाँ खबर पाइन्छ । सात महिनापछि ३८औंं हप्तासम्म हप्तैपिच्छे नयाँ–नयाँ खबर पाइन्छ । गर्भवती महिलाले महिनावारी रोकिएपछि बच्चा नजन्मँदासम्मका सबै प्रक्रियासम्बन्धी जानकारी पाउँछन् ।
यस्तो खबर पाइसकेपछि वेबसाइटमा प्रश्न र उत्तर भन्ने पेजमा गएर सोधिएका प्रश्नको जवाफ दिनुपर्छ । चिकित्सकलाई केही कुरा सोध्न मन लागेको भए प्रतिक्रिया भन्ने पेजमा गएर प्रश्न लेख्नुपर्छ ।
कम्प्युटर इन्जिनियर राजेन्द्र पौडेलले बनाएको यो प्रविधि चितवन, काठमाडौँ, मकवानपुर, नुवाकोट र रसुवाका केही भेगमा प्रयोग भइरहेको छ ।
यस प्रविधिलाई प्रयोग गर्न सजिलो बनाउन चितवनको बछौलीमा नौजना स्वास्थ्य स्वयम्सेविकालाई इन्टरनेटको सुविधा भएको मोबाइल फोन दिइएको छ । गर्भ बसेको शङ्का लागेका महिलालाई यस्तो जानकारी दिन स्वास्थ्य स्वयम्सेविकाहरू मोबाइल फोन बोकेर उनीहरूको घर–घरमा पुग्छन् ।
स्वयम्सेविकाहरू घर–घरमा पुगेर गर्भवती महिलाको अवस्थासम्बन्धी जानकारी मोबाइल फोनमार्फत कन्ट्रोल कक्षमा पठाउँछन् । त्यहाँबाट गर्भ रहेको कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्ने जानकारी स्वयम्सेविकामार्फत गर्भवती महिलालाई पठाइन्छ ।
आफूले पाएका जानकारी र आफ्नो अवस्था मिलेन र समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जान सोही प्रविधिमार्फत सूचना दिइन्छ ।
अर्चना रिमाल महिला स्वास्थ्य स्वयम्सेविका हुनुहुन्छ । उहाँ हालै आरती महतोलाई भेट्न जानुभयो । उहाँकोे गर्भ रहेको ३३ हप्ता पुगेको छ ।
अर्चनाले आरतीलाई यतिबेला बच्चाका सबै अङ्ग बनिसकेको हुन्छ भनी देखाइएको भिडियो मोबाइल फोनमार्फत देखाउनुभयो । “अबको दुई हप्तापछि तपाईंको बच्चाले आमाले बोलेको सुन्न सक्छ । त्यतिबेला उसलाई रमाइलो गराउनुपर्छ” – अर्चनाले आरतीलाई सम्झाउनुभयो ।
आरतीको यो दोस्रो गर्भ हो । उहाँको पहिलो बच्चा अभिषेक गर्भमा छँदा आरतीलाई गर्भमा बच्चा कतिबेला कस्तो हुन्छ भन्ने कुरा थाहा थिएन । त्यतिबेला केही समस्या पर्दा पनि उहाँ कसैलाई भन्नुहुन्थ्यो । अहिले गर्भको बच्चासम्बन्धी सबै जानकारी पाउँदा र समस्या पर्दा सल्लाह दिने ठाउँ पाउँदा उहाँ खुसी हुनुहुन्छ ।
“हरेक हप्तामा नयाँ खबर आइपुग्छ । उहाँले मलाई मोबाइलमा देखाउनुहुन्छ” – आरतीले भन्नुभयो ।
उहाँले यही तरिकाले गर्भमा रहेको बच्चाका बारेमा धेरै कुरा थाहा पाउनुभयो । सुरुमा बच्चा तिलको गेडोजत्रो हुन्छ । पै“तीस हप्तापछि बच्चाले देख्न र सुन्न सक्छ । यसबेलामा गीत गाउ“दा, रमाइलो गर्दा बच्चा खुसी हुन्छ । सडतीस हप्तामा बच्चा जन्मने बेलामा उसको टाउको फर्किन्छ ।
“मोबाइलमा भिडियो हेर्दा आफ्नो बच्चा पनि यस्तै होला भन्ने लाग्छ र खुसी हुन्छु । पहिलो बच्चा गर्भमा हु“दा स्वास्थ्य संस्था गइन“ । अहिले बेलाबेलामा जान्छु । सरसफाइ र खानपिनमा पनि ध्यान दिएकी छु” – आरतीले भन्नुभयो ।
स्वास्थ्य स्वयम्सेविका अर्चना वसन्ती महतोको घरमा जानुभयो । वसन्तीले हालै बच्चा जन्माउनुभएको छ । बच्चाको अवस्था के छ भनेर बुझ्ने कामको जिम्मा पनि पुस्तकालयले अर्चनाजस्ता स्वयम्सेविकालाई दिएको छ । वसन्तीको बच्चा तन्दुरुस्त थियो । बच्चा गर्भमा रह“दा आफूले थाहा पाउनुपर्ने कुरा मोबाइलमार्फत थाहा पाएकामा उहाँ खुसी हुनुहुन्छ ।
वसन्तीकी सासू शुक्रमियाँ महतोले आठ सन्तान जन्माउँदा यस्तो कुरा थाहा पाउनुभएन । अहिलेका आमाले यी सबै कुरा थाहा पाएकामा उहाँ खुसी हुनुहुन्छ ।
अर्चनाले साविकको बछौली गाविसको वडा नम्बर ९ का सबै गर्भवती हेर्नुहुन्छ । उहाँले त्यहा“का २४ जना गर्भवती महिलालाई मोबाइलमार्फत यस्तो जानकारी दिँदै आउनुभएको छ । तीमध्ये २० जना सुत्केरी भइसके । आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर उहाँहरूले अस्पतालमै सुत्केरी गराउनुभयो ।
अर्चनाजस्ता स्वयम्सेविकाले आफ्नो ठाउ“का गर्भवती महिलासम्बन्धी जानकारी मोबाइल फोनबाटै सर्भरमा पठाउँछन् । “यस्तो जानकारी केन्द्रमा पुग्छ । आमा र बच्चाको अवस्था ठीक छैन जस्तो लागेमा तुरुन्तै चिकित्सककहाँ जान सल्लाह दिइन्छ” – पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले भन्नुभयो ।
यस अभियानअन्तर्गत बछौलीका ९४ जना गर्भवतीसम्बन्धी जानकारी रेकर्ड गरिएको छ । नयाँ गर्भवती दर्ता हुने क्रम जारी छ । यस वर्षको सुरुदेखि उक्त कार्यक्रममा अहिलेसम्म एकजना पनि गर्भवती र बच्चा तलमाथि भएको छैन ।
“यो प्रविधि देशैभर उपयोग हुन सके मातृ तथा शिशु मृत्युदर घट्छ,” बछौलीका समाजसेवी मीनप्रसाद सापकोटा भन्नुहुन्छ, “सरकारले पनि यसमा ध्यान दिनुपर्छ ।”
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया