एपिएफबाट मोरङ पराजित
काठमाडौँ, १९ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा एपिएफले मोरङलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा पहिलो अग्रता भने मोरङले लियो । खेलको पहिलो चरणको ३६औं मिनेटमा मोरङका राज पौडेलले निशान लिम्बूको कर्नर पासमा गोल गरे । मोरङको १–० को अग्रता भने लामो समयसम्म टिक्न सकेन ।
खेलको ४१ औँ मिनेटमा एपिएफका अञ्जन विष्टले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अन्जनले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै एपिएफका रञ्जन विष्टले एक गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए ।
खेलको पहिलो चरणसम्ममा २–१ ले अगाडि रहेको एपिएफले दोस्रो चरणमा दुई गोल थप्यो । खेलको ५९ औँ मिनेटमा रञ्जनले एकल प्रयासमा डिबक्स नजिकबाट थप एक गोल गर्दै आफ्नो नाममा व्यक्तिगत दुई गोल गरे । त्यस्तै खेलको ७१ औँ मिनेटमा एपिएफका कप्तान नवीन लामाले एक गोल थपेपछि एपिएफले मोरङमाथि ४–१ को सहज जित निकाल्यो । सो जितसँगै दुई खेल खेलेको एपिएफले चार अङ्क जोडेको छ भने समान खेल खेलेको मोरङ अङ्कविहीन छ ।
खेलपछि एपिएफका प्रशिक्षक कृष्ण थापाले आफ्नो टोलीले खेलको पहिलो चरणभन्दा पनि दोस्रो चरणमा उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गर्नुभयो । मोरङका प्रशिक्षक पारस चौधरीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार्दै आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष तीनभित्र पर्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया