प्रक्रिया अघि बढे पनि सहमतिको ढोका बन्द भएको छैनः उपप्रधानमन्त्री सिंह
इनेप्लिज
२०७१ माघ १९ गते १६:४१ मा प्रकाशित
पोखरा, १९ माघ । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधानसभाले प्रश्नावली समिति बनाएर प्रक्रिया अघि बढाएपनि सहमतिको ढोका बन्द नभएको बताउनुभएको छ ।
गणेशमान सिंह फाउन्डेसन कास्कीले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दोस्रो संविधानसभाले पनि तोकिएको मितिमा नयाँ संविधान जारी गर्न नसक्नुमा लौह पुरुष गणेशमान सिंहजस्ता नेताको अभाव खट्किएको बताउनुभयो ।
स्व गणेशमानको चाहना २०४६ सालको राजनीतिक क्रान्तिपछि देशमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्ति गर्नु थियो तर त्यो हुन नसकेको धारणा उपप्रधानमन्त्री सिंहले राख्नुभयो ।
उहाँले सहमतिको माला जप्दाजप्दै पहिलो संविधानसभाको अवधि सकिएको गल्ती कसैले दोहो¥याउन नहुनेमा जोड दिनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया