रुखले च्यापेर पत्रकार शाहीको मृत्यु
जाजरकोट, १९ माघ । नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सदस्य वीरबहादुर शाहीको रुखले च्यापेर मृत्यु भएको छ ।
नायकवाडा गाविस–७ गैरी गाउँका शाहीको सरस्वती मावि सिलीगीचौर नजिकै उतिसको रुख काट्दै गर्दा च्यापिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
शाही जाजरकोटबाट माउन्टेन टिभीमा कार्यरत थिए । प्रेस चौतारी नेपाल जाजरकोट शाखासँग आबद्ध पत्रकार शाही नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सदस्य थिए ।
शाहीको निधनले चौतारी स्तब्ध
यसैगरी प्रेस चौतारी नेपालले शाहीको सोमबार रुखले किचिएर मृत्यु भएको घटनाले चौतारी स्तब्ध भएको जनाएको छ ।
चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा जाजरकोटको पत्रकारितामा एउटा जुझारु पत्रकारको निधनले त्यहाँको पत्रकारिता क्षेत्र पनि स्तब्ध भएको छ भने प्रेस चौतारीले पनि अपुरणीय क्षति बेहोरेको उल्लेख गरिएको छ ।
चौतारीले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै दुःखको यो घडीमा परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया