शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:०७
वासिङटन डिसी 09:22

क्यान इन्फोटेक करिब तीन लाखले अवलोकन गरे

इनेप्लिज २०७१ माघ १९ गते १५:५२ मा प्रकाशित

infotech-photo2-480x330काठमाडौँ, १९ माघ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक आज सम्पन्न भएको छ ।

इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।

प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले जानकारी दिनुभयो ।

पन्ध्रौँ आइसिटी सम्मेलन सम्पन्न

यसैबीच आइतबारदेखि राजधानीमा सुरु भएको सूचना प्रविधिसम्बन्धी दुई दिने आइसिटी सम्मेलन आजै सम्पन्न भएको छ ।

‘विकासका लागि सूचना प्रविधि र सामाजिक रूपान्तरण’ भन्ने नारासहित कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको आयोजनामा सञ्चालन भएको १५ औँ सम्मेलनमा भारतका सूचना प्रविधिविज्ञ अहमदाबादका प्राडा सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहनुभएको थियो ।

विश्वकै सानो मोबाइल मेलाको आकर्षण

सूचना प्रविधिको विकास विस्तारले विश्वलाई एउटा कुनामा सिमित पारिदिएको छ, यसका पछिल्ला संरकरणहरुप्रति युवाहरुको आकर्षण पनि बढ्दै गएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्मका लागि सूचनाप्रविधिको महत्वपूर्ण साधन बनेको मोबाइल फोनका विभिन्न मोडेल विकास भइरहेका छन् ।

यसै सन्दर्भमा विश्वकै सानो मोबाइल किभी मोबाइल कम्पनीले बजारमा ल्याएको छ । खासगरी युवापुस्तालाई लक्षित गरेर ल्याइएको यो फोन सवारी साधन चलाउने त्यसमा पनि मोटरसाइकल र स्कुटरका चालकलाई उपयोगी हुने कम्पनीले जनाएको छ । अन्य सामान्य फोनजस्तै सबै किसिमका काम गर्नसकिने यो औँलाजत्रै फोनको बजारमा मूल्य रु दुई हजार ७५० रहेपनि क्यानको अफरस्वरुप रु दुई हजार दुईसयमा बिक्री गरिरहेको कम्पनीका पवनकुमार शर्माले जानकारी दिनुभयो ।

नेपालको पहिलो ब्राण्ड किभी कम्पनीले ल्याएको सानो फोनले फोन रिसिभ नहुँदा तीन दिनपछि आफैँ स्वउत्तर दिन्छ । क्यानमा प्रदर्शन गरिएकामध्ये सबैभन्दा सानो दुई इन्चको मोबाइलदेखि ठूलो आठ इन्चको सामसुङ ग्यालेक्सी टयाब फोर (मूल्य रु ३९ हजार ९९०) र किभी ब्रान्डकै साढे आठ इन्चको ट्याबलेट (मूल्य रु १४ हजार) का ठूला साइजका फोनप्रति आकर्षण देखिएको पाइयो ।

प्रतिक्रिया