विद्युत् चुहिएर एकै परिवारका चारको ज्यान गयो
गजुरी (धादिङ), १९ माघ । दक्षिणी धादिङको धुषा गाविस–१ चरौँदीमा आज राति पौने १ बजेतिर एक घरमा विद्युत् चुहिएर (सर्ट भइ) आगलागी हुँदा एकै परिवारका चारजनाको जलेर मृत्यु भएको छ ।
भोज खाएर अबेर सुतेको बेला एक्कासि विद्युत् चुहिएर आगलागी हुँदा घरमा सुतिरहेका ती परिवारको मृत्यु भएको हो ।
एनेकपा (माओवादी) धुषा गाउँ कमिटीका अध्यक्ष रहेका किशोरचन्द्र थपलियाको घरमा शनिबार भाई पवन थपलियाको विवाह थियो । आइतबार विवाह भोज सम्पन्न गरी पाहुना बिदाइ गरेर राति स–परिवार सुतेका थिए । अन्य पाहुना बिदाइ भए पनि छोरी ज्वाइँ घरमै थिए । एक्कासि विद्युत् चुहिँदा घरमुली किशोरचन्द्र थपलिया, उनकी छोरी योजना, ज्वाइँ र नातिनीको मृत्यु भएको छ । कास्की घर भएका ज्वाइँ र नातिनीको नाम खुल्न सकेको छैन ।
घरभित्र सुतेकालाई बाहिर निकाल्न नसक्दा दुःखद् क्षति हुन पुगेको स्थानीय उद्धारकर्मी मिलन सिलवालले बताउनुभयो । घरको कोठाभित्र सुतेका सबैको घटनास्थलमा नै मृत्यु भएको छ । बाहिर भएका वृद्ध बाबुआमा, अर्को तल्लामा सुतेका थपलियाकी श्रीमती र एक सुस्तःमनस्थितिका छोरा र पल्लो घरमा सुतेका भाइबुहारी भने सकुशल छन् । थपलियाकी श्रीमती पनि जलेर घाइते भएकाले अस्पताल पठाइएको छ । घर जलेर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
राति स्थानीय र प्रहरी उद्धारमा खटिएका थिए । रातको समयमा भएको आगलागीका कारण आगो निभाउन कठिन परेको थियो । विवाहको रमाइलो सकेर सुतेका परिवारमा एकाएक दुःखद् घटनाको खबरले थपलिया परिवारमा शोक छाएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया