बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०६:५९
वासिङटन डिसी 21:14

तेह्रौं आहा रारा गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा

इनेप्लिज २०७१ माघ १८ गते १४:४४ मा प्रकाशित

aaha-raraपोखरा, १८ माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा यही माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा हुने तेह्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विभागीय टोली र विदेशी गरी १२ टोलीको  सहभागिता रहनेछ ।

प्रतियोगितामा रु ९५ लाख ९७ हजार आम्दानी तथा रु ७३ लाख ३४ हजार १०० खर्च हुने  अनुमान गरिएको र  बचत भएको रकमबाट सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया