सहमति र प्रक्रियालाई अघि बढाउँदै संविधान जारी गरिनेः उपप्रधान मन्त्री सिंह
पोखरा, १८ माघ । उपप्रधान मन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान निर्माणमा सहमति हुँदै जाने र प्रक्रियालाई पनि अगाडि बढाउँदै नयाँ संविधान जारी गरिने बताउनुभएको छ ।
पोखरा उपमहानगरपालिकाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले संविधानका अन्तरवस्तुको प्रश्नावली समिति बन्दैमा आत्तिनु नपर्ने बताउनुभयो । सहमतिको ढोका बन्द नभएकाले वार्ता र छलफललाई निरन्तर अगाडि बढाइने उहाँको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले पोखरा उपमहानगरपालिका १८ वडाबाट २८ वडामा विस्तार भएकाले नगरपालिकाले त्यहाँ बस्ने बासिन्दालाई सुलभ रुपमा सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् जीवन परियार, क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, पूर्व मेयर कृष्ण थापालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उपप्रधानमन्त्री सिंहले आजै पोखरा उपमहानगरपालिकाको सिर्जनाचोकमा निर्माण हुन लागेको सपिङ कम्प्लेक्सको पनि शिलान्यास गर्नुभयो । दुई तले सो कम्प्लेक्स भवन करिब रु आठ करोडको लागतमा निर्माण हुनेछ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया