बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १३:५६
वासिङटन डिसी 04:11

एक वृद्धद्वारा सात आइएस लडाकूको हत्या

इनेप्लिज २०७१ माघ १८ गते ११:४५ मा प्रकाशित

12348टिक्रिट (इराक), १८ माघ । इराकका एक वृद्ध व्यक्तिले आइतबार प्रान्तीय राजधानी टिक्रिटमा इस्लामिक स्टेट (आइएस) का सात लडाकूको गोली हानी हत्या गरेका छन् ।

इराकको उत्तरी भागमा पर्ने मध्य प्रान्त सलाहुदिनमा आइएसद्वारा हत्या गरिएको आफ्ना छोराको हत्याको बदला लिनको लागि उनले सो हत्या गरेको प्रान्तीय सुरक्षा स्रोतले जनाएको छ ।

प्रान्तीय राजधानी टिक्रिटको एक जाँचचौकीमा आइतबार बिहान बासिल रमादान नामक ६० वर्षीय ती व्यक्तिले आइएस लडाकू समूहकै एक एके–४७ बन्दुक खोसेर सात लडाकूको गोली हानी हत्या गरेका जनाइएको छ ।

आइएस लडाकू्ले रमदानलाई गोली हानी हत्या गर्नु अगाडिनै उनले सात लडाकूको हत्या गरेको सुरक्षा स्रोतका एक व्यक्तिले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

एक महिना अगाडि रमादानका छोरा अहमदको आइएस लडाकूले हत्या गरेका थिए । अहमद विश्वविद्यालयका विद्यार्थी थिए ।

सन् २००७ को सुरुमा इराकको राजधानी बग्दाददेखि १७० किलोमिटर टाढा टिक्रिटमै अल कायदा आतङ्ककारी समूहले उनका अर्का छोराको पनि हत्या गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया