कर्णालीका विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउने
बाँके (खजुरा), १८ माघ । कर्णालीका प्राथमिक तहका विद्यार्थीले यस वर्ष समयमा नै पाठ्यपुस्तक पाउने भएका छन् ।
आगामी फागुन १ गतेदेखि नै कर्णालीका पाँचै जिल्लामा नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले शनिबार आवश्यक पाठ्यपुस्तक पठाइएको हो । कर्णालीका कालीकोट, हुम्ला, जुम्ला, मुुगु र डोल्पाका पुस्तक व्यवसायीलाई शिक्षा मन्त्रालयले नेपालगन्जमा पुस्तक उपलब्ध गराएको हो । त्यहाँका विद्यार्थीका लागि ८३ हजार थान पुस्तक पठाइएको छ । पाठ्यपुस्तकको अभाव पूरा गर्न सरकारले निजी क्षेत्रलाई पनि जिम्मा दिएपछि अब पाठ्यपुस्तकको अभाव नहुने मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले जिकिर गर्नुभयो ।
उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर पुस्तक प्रकाशन र वितरण देशभर नै सुरु भएकाले अब समस्या झेल्नुनपर्ने प्रस्ट पार्नुभयो । सरकारले देशभर कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक प्रकाशन र वितरणको जिम्मा निजी क्षेत्रलाई दिएको छ ।
जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले पाठ्यपुस्तकको अभाव टार्न सरकारले थालेको प्रयासले पाठ्यपुस्तक वितरणमा पनि सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया