आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १०:०८
वासिङटन डिसी 00:23

बिदेशी माटोमा नेपाली भाषा मात्र टयाउ ! टयाउ !

इनेप्लिज २०७१ पुष १८ गते १८:३३ मा प्रकाशित

bj (4)

आर्टन सेन्नाले भनेका छन् ” म संग कुनै आदर्श छैन । म काम, समर्पण र सामर्थ्यलाई प्रशंसा गर्दछु ”

काम गर्दै जानु हामी मानव जातीको धर्म र कर्तब्य हो l काम नगरी दुनियामा कोहि पनि शिथिल भै बाच्न सक्दैन l यसै सन्दर्भलाई पछ्याउदै आफ्ना कुराहरु अभिव्यक्त गर्नुलाई क्रियाशीलमा समाहित गर्न मिल्छ ? कि एकहोरो बोलि रहदा टयाउ टयाउ मात्र हुने हो कि ? खैर ,जे उत्तर आए पनि बोल्नु एक कार्य हो l

उदेश्य बिहिन र अर्थरहित अभिव्यक्तिलाई टयाउ टयाउ  नामाकरण गरे हुन्छ l तर बिशेष उदेश्य सहितको टयाउ टयाउ अभियान हुन् सक्दछ र महत्व राख्दछ l

सुर्योदय भए देखि सुर्यास्त सम्म नेपाली भाषा मात्र बोलि रहनु कतिको सम्भव छ ? त्यो पनि बिदेशी माटोमा ? दुई दशक देखि नेपाली मात्र बोल्नु ठट्टा हो त ? एक दिन हैन ,दुई दिन हैन ,एक महिना हैन ,१२ महिना हैन ,त्यस्ता १२ महिना २० पटक जोड्दा अर्थात् २० बर्ष देखि नेपाली भाषालाई प्रवर्धन गर्दै विशुद्ध नेपाली भाषा बोल्दा वाक्क दिक्क हुन्छ कि हुदैन ? पक्कै हुदैन ? यहि भाषाको माध्यमले नेपाली बिच साईनो लगाई दिन्छ र आत्मियता जगाई दिन्छ l

यो पंक्तिकार झन्डै आठ बर्ष देखि बिदेशी माटोमा छ l हरेक नेपाली मुलका मानिससंग नेपाली भाषामा नै कुरा गर्न मन किन जान्छ ? किनभने भाषा लोप भए हाम्रो अस्तित्व खतरामा हुन्छ l हाम्रो पहिचान नेपाली भाषा हो l बिदेशमा सम्पर्कको भाषा नै नेपाली भाषा हो l

अब अंग्रेजी पो कम्जोर होला भन्ने कुरामा सोच्नु पर्ने भएको छ l अमेरिकामा हो ,हैन, हजुर ,ये तेसो पो ,कुन चाहियो ? के ,कहाँ ,कति वटा भन्न सम्म जान्ने भैयो भने र टयाउ टयाउ गर्न सकियो भने मुखमा माड लगाउन कसैले रोक्दैन भनि संस्थासंग आबद्ध व्यक्तिले अभिव्यक्ति दिए l

नेपाली बोल्दा कहिले अंग्रेजी शब्द झुक्किएर पनि नमिसाउ भनि अमेरिका जस्तो मुलुकमा बिशुद्ध बोल्न आँट गर्नु खेलाची हैन जस्तो लाग्न थालेको छ l

चौतर्फी अंग्रेजीको वातावरण छ तर पनि अभियान चुनौतीपूर्ण छ l बाधा अड्चन संग कुनै बिचलित नभै बिदेशी माटोमा नेपाली भाषा मात्र मात्र टयाउ टयाउ गर्नु अस्वाभाविक भएता पनि क्रम जारी राख्नु अभियानको मुख्य उदेश्य हो l

ब्याकरण र शुद्धिको चर्चा भन्दा नेपाली भाषा बोल्दा आगन्तुक शब्दहरुको अतिक्रमण नहोस् भन्ने चाहना हो l नेपाली भाषामा रहेका शब्दहरु अत्यधिक प्रयोग गर्न सकियोस र बोल्दा खिचडी नहोस् भन्ने अभिप्राय हो l यो कोसिस र प्रतिबद्धता हो l

आफुले जस्तै गरेको यो अभियान आफुले कतै नदेखेको र नसुनेकोले आफु त्यस्ता अभियान संग हिडेका संग मितेरी लगाउन मन छ l कसो एक दिन त न भेटिएला भनि भौतारी रहेको छु ?

नेल्सन मण्डेला भन्दछन ‘यदि तपाई कुनै मानिसले बुझ्ने भाषामा कुरा गर्नु हुन्छ भने त्यो उसको मस्तिष्कमा जान्छ । यदि तपाई उसको भाषामा कुरा गर्नु हुन्छ भने त्यो उसको हृदयमा संचित हुन्छ । ‘यो उनीहरुको भाषा प्रतिको मोह र राष्ट्रिय भाषा प्रति देखाएको सद्भाव हो l

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले हिन्दि भाषालाई दिएको प्राथमिकतालाई निहाल्दा उनले भाषाको लागि गरेको श्रद्धा र मायाको बारेमा जति प्रशंसा गरे पनि कम नै हुन्छ l यो सोचनीय ,पठनीय र विचारणीय छ l समस्त बिश्वलाई भाषाको माध्यम बाट संदेश छोडेको छ l र ,हामी नेपाली किन भाषामा त्यस्तो आँट गर्न सक्दैनौ l

भाषा विचार सम्प्रेसन गर्ने एक माध्यम मात्र हो । नेपाली भाषालाई प्राथमिकतामा नराखी उपेक्षित गर्यो र अंग्रेजी भाषालाई ज्यादा महत्व दियौ भने हाम्रो भाषा बिलाउने हुन्छ l हामी नेपाली हौ र हाम्रो पहिचान नै हाम्रो नेपाली भाषा हो ।

हामी सबै नेपालीले भाषालाई जगेर्ना गर्नु पर्दछ l त्यसको शुभारम्भ घरैबाट अभियान थाल्नु पर्छ l नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय नेपाली भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म पुग्दछ ।

…………………………………………………………….अस्तु ,

प्रतिक्रिया