अष्ट्रेलियामा अनेसासको नया च्याप्टर
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नया च्याप्टरका रुपमा अनेसास पर्थ च्याप्टर गठन भएको छ l अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् l नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा अनेसासको च्याप्टर गठनले नेपाली भाषा र साहित्यमा नया आयाम थप्न मद्दत पुग्ने विश्वाश अध्यक्ष घिमिरेको रहेको छ l
च्याप्टरमा धनकुमारी बरुवाल केसी (उपाध्यक्ष:), डा. सोनु यादब (सचिब) र राजेश बुढाथोकी (कोषाध्यक्ष) रहेका छन् भने दिक्पाल देव पंगेनी, कमल सिलवाल , निरज छेत्री , उज्वल केसी र अर्जुन घिमिरे सदस्य रहेका छन् l
नव गठित च्याप्टरलाई स्वागत गर्दै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको बिस्तारमा अनेसासको महत्वपूर्ण भूमिका रहेको बताउदै विश्वका अन्य मूलुकमा पनि च्याप्टर गठनको प्रक्रिया अघि बढिरहेको जानकारी गराए l
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया