बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ००:३७
वासिङटन डिसी 14:52

विमानका यात्रु र अवशेषको खोजीकार्य फेरि सुरु, ‘५६ शव’ फेला

इनेप्लिज २०७१ पुष १८ गते १०:४० मा प्रकाशित

DSC01985काठमाडौं, १८ पुस । खराब मौसमका कारण प्रभावित भएको इन्डोनेसियाको जाभा समुद्रमा दुर्घटनाग्रस्त भएको एअर एसियाको विमानका यात्रु र अवशेषको खोजीकार्य फेरि सुरु भएको छ । मौसममा केही सुधार आएपछि दुई दिनपछि पुनः खोजी थालिएको हो ।

फ्रान्सको विशेष उद्धार टोलीले विमानको ‘ब्ल्याक बक्स’ र ‘फ्लाइट रेकर्डर’ पत्ता लगाउने विश्वास गरिएको छ । जमिन र जलक्षेत्रलाई १३ भागमा विभाजन गरी भैरहेको खोजीकार्यमा फ्रान्स, इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।

१ सय ६२ यात्रु बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उक्त उडेको विमान जाभा समुन्द्रमाथिबाट सम्पर्कविहीन भएको थियो । गत आइतबार बेपत्ता भएको एअर एसियाको विमानमा रहेका यात्रुमध्ये ५६ ओटा शव फेला परिसकेका छन् । त्यसमध्ये पहिचान भएका एकजना यात्रुको दाहसंस्कार भैसकेको छ । (एजेन्सी)

प्रतिक्रिया