नेम्वाङलाई मस्यौदा बनाउन दिनुपर्ने कांग्रेसको निर्णय
काठमाडौं, १८ पुस, । नेपाली कांग्रेसले नयाँ संविधानको मस्यौदा बनाउने जिम्मा आफूलाई दिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गरेको प्रस्ताव स्वागतयोग्य भएको निष्कर्ष निकालेको छ । उसले सोही प्रस्तावलाई स्वीकार्न विपक्षी दलहरुलाई आग्रहसमेत गरेको छ ।
विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले दलहरुबीच सहमति नजुट्ने हो भने मस्यौदा निर्माणको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।
शुक्रबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले नेम्वाङको सो प्रस्ताव सही भएको औपचारिक निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले माघ ८ मै संविधान जारी गर्नुपर्ने भएकाले सहमतिमा आउन विपक्षी एमाओवादी, मधेसी मोर्चा लगायत दललाई आग्रह गरेको छ ।
यसबारे शुक्रबार नै एमालेसँग छलफल गर्ने बैठकले निर्णय गरेको छ । त्यसपछि सत्ता साझेदार दलहरुको साझा धारणा बनाएर अपरान्ह एमाओवादी र मोर्चासँग छलफल गर्ने कांग्रेसले जनाएको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया