इंग्लिस प्रिमियर लिगमा म्यानसिटी विजयी
काठमाडौं, १८ पुस । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत विहीबार राति भएको खेलमा चेल्सी पराजित भएको छ । लिग लिडर चेल्सीलाई लन्डन प्रतिद्धन्द्धी टोटनह्याम हट्सपरले ५–३ ले हराएको हो ।
यो हारले चेल्सीलाई उपाधि होडमा केही कमजोर बनाएको छ । जारी लिगमा चेल्सीको यो दोस्रो हार हो । यसअघि न्युकासल युनाइटेडविरुद्धको खेलमा पनि चेल्सी पराजित भएको थियो । तालिकामा शीर्ष स्थानको चेल्सीलाई दोस्रो स्थानको म्यानचेस्टर सिटीले अंक बराबरी गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३–२ ले हराएको हो ।
यसैगरी, तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडले स्टोक सिटीसँग १–१ गोलको बराबरी खेल्दा चौथो स्थानको साउथह्याम्पटनले आर्सनललाई २–० ले पाखा लगायो ।
विहीबार रातिका अन्य खेलहरुमा लिभरपुल र लेस्टर सिटीले २–२ गोलको तथा न्युकासल युनाइटेड र बर्नलेले ३–३ गोलको बराबरी खेलेका छन् । यसैगरी, हल सिटीले एभर्टनलाई २–० ले हराँउदा एस्टन भिल्ला र क्रिस्टल प्यालेसले गोलरहित तथा वेस्टह्याम युनाइटेड र वेस्ट ब्रोमविच आल्बियनले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा २०औं चरणका खेलहरु सकिँदा चेल्सी ४६ अंकका साथ शीर्ष स्थानमा छ । समान अंक जोडेको म्यानचेस्टर सिटी गोल अन्तरमा पनि समान भएपछि चेल्सीसँग शर्षि स्थान बाँडेको छ ।
३७ अंकको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ । ३६ अंक जोडेको साउथह्याम्पटन चौथो तथा ३४ अंक जोडेको टोटनह्याम हट्सपर पाँचौ स्थानमा छन् । तस्वीरः एजेन्सी
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया