आन्दोलनको धम्कीबाट डराईन्न:खनाल
विराटनगर, १८ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाओवादी मोर्चाको बन्द हड्तालको धम्कीले एमाले नतर्सिने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै खनालले आफूहरु बितन्डा मच्चाउने पक्षमा नरहेको भन्दै बन्द हड्तालको धम्की छाडेर सहमतिमा आउन एमाओवादी लगायत विपक्षी दलहरुलाई आग्रह समेत गरे । खनालले ८ माघ मै नयाँ संविधान जारी गर्ने दाबी गरेका छन् ।
बन्द, हड्ताल र १० वर्षको द्वन्द्व मुलुकले झेलिसकेकाले अब त्यस्ता गतिविधिबाट कोही पनि नतर्सन्ने भने । उनले संविधान तयारी अवस्थामा रहेको र केही विषयमा रहेका मतभिन्नतालाई सहमतिबाट समाधान खोजिने स्पष्ट पारे । सहमति नभए प्रक्रियामा लगेर माघ ८ गते नै संविधान जारी गर्ने खनालले बताए ।
संविधान निर्माण हुनुअगावै वा संविधान जारी भएपछि सरकार परिवर्तन हुने संभावनाबारे पत्रकारले राखेको जिज्ञासामा उनले यतिखेर सिङ्गो राष्ट्रको ध्यान संविधान निर्माणतर्फ मात्र केन्द्रित रहेको भन्दै अझै त्यतातिर नसोचेको जवाफ दिए ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया