एअर एसियाको बेपत्ता बिमान फेला पर्यो, ४० शव भेटियो
जाकार्ताम इन्डोनेसिया, १५ पुस (एजेन्सी) । इन्डोनेसियाली जल सैनिकले एअर एसियाको बेपत्ता बिमानमा यात्रारतहरुमध्ये ४० जनाको शव भेटिएको बताएका छन् । इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको फ्लाइट क्वीजेड८५०१ आइतबार विहान हराएको थियो ।
जाभा समुद्रको बुर्निओ टापुमा शवहरु भेटिएको बताइएको छ । टापुमा भेटिएको शव, विमानका टुक्रा र सामानहरु एअर एसियाकै विमानको भएको इन्डाेनेसियाली अधिकारीले पुष्टि गरेका छन् ।
१६२ जनासहित उडेको एयरबस आइतबार विहान हराएको हो ।
उद्दारकर्ताहरुले जाभा समुद्रको १३ स्थानमा केन्दि्रत रहेर खोजी गरेका थिए ।
इन्डोनेसियाली टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको उद्दारकर्ताको पत्रकार सम्मेलनमा समुद्रको पानीमा तैरिरहेको अवशेषहरु देखाइएको थियो ।
टेलिभिजनमा देखाइएको दृश्य हेरेर विमानमा सवार रहेकाहरुको आफन्तहरु भावविह्वल भएका छन् ।
पत्रकार सम्मेलन लगत्तै इन्डोनेसियाली जन सैनिकले ४० जनाको शव भेटिएको बताएका थिए ।
एअर एसियाको प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डेजले ट्वीटमा भनेका छन्,’बिमान सवार रहेका आफन्तहरुको दुखप्रति मेरो सहानुभूति छ । एयर एसियाको तर्फबाट म हार्दिक समवेदना व्यक्त गर्दछु ।’
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया