मंगलबार, माघ १३ २०७७
काठमाडौं ०८:०१
वासिङटन डिसी 21:16

भेडेटार फेष्टिबल सुरु

इनेप्लिज २०७१ पुष १७ गते ०:२० मा प्रकाशित

b93918709ac3e2939ebaa5950f4d9560आन्तरिक पर्यटकहरु बढाउने अभिप्रायले गरिएको तेस्रो भेडेटार फुड फेष्टिभल बुधबारबाट सुरु भएको छ। फेष्टिभल तीनदिनसम्म चल्ने छ।

फेष्टिभलको उद्घाट सभाषद् मनोहरनारायण श्रेष्ठले गरे। फेष्टिभलमा २६ स्टल छन्। जहाँ मौलिक खानासँगै पर्यटनको प्रमूख आर्कषण प्याराग्लाइडिग बनेको छ। त्यस्तै नमस्ते झरनामा क्यानोनिग पनि सुरु भएको छ। जस्ले गर्दा यो वर्ष गतवर्ष भन्दा थप आर्कषण बन्न पुगेका छन्। यो फेष्टिभलले थप आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास आयोजक होटल एसोसिएसन भेडेटारले गरेको छ।

‘२५ प्रतिशत आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरेका छौं। अध्यक्ष लिलाराज लावतिले भने। हरेक दिन साँस्कृतिक प्रस्तुतिहरु छन्। बुधबार साँझ पाँचौं विन्द्यबासिनी अवार्ड विजेता श्रेयस्री चेम्जोग र भिषण मुकारुमको स्वर सुन्न सकिने आयोजकले बताएको छ। त्यस्तै स्थानीय कलाकाहरुको प्रस्तुती पनि रहने छ। फेष्टिभलमा हरेक वर्ष झै यसवर्ष पनि अल्लोका उत्पादनहरु सवैको आर्कषणको केन्द्र बनेको छ। पछिल्लो समय अल्लोबाट उत्पादित कपडा सवैको प्रमुख आर्कषण बनेको थियो।

फेष्टिभल भरी टुर प्याकेज पनि राखिएको छ। पूर्वको पर्यटकीय गन्तव्य मध्ये एक भेडेटारलाई हरेक वर्ष होटल एसोसिएनले प्रचारात्मक कार्यक्रम अनुसार फेष्टिभल गर्दै आइरहेको हो। जस्मा प्रमुख अतिथिसमेत रहेको सभाषद् श्रेष्ठले आफ्नो गाउँ आफै बनाउने अभियान अनुसार लागेकामा धन्यवाद ज्ञापन गरे। यसलाई थप आर्कषक बनाउनका लागि केन्द्रीय स्तरमा बजेट विनियोजनमा आफूहरु लाग्ने बताएका छन्। त्यस्तै मूख्य सचिव लिलामणी पौडेलले पनि पर्यटनमा काम गर्न गाह्रो भएको र आफ्नै पहलबाट भइरहेको छ त्यसको स्रहाना गरे।

भेडेटारमा वार्षिक आन्तरिक तथा बाह्य पर्यटकहरु मात्रै ३ लाख भित्रिन्छन्। जस्मा भारतीय बढी छन्। कार्यक्रममा सुरक्षा निकायको प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

स्रोत:सेतॊपाटी

प्रतिक्रिया