धोनीद्वारा टेष्ट क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं,१५ पुस । भारतीय कप्तान महेन्द्र सिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाविरुद्धको मेलबर्न टेष्ट बराबरीमा सकिएपछि धोनीको सन्यास घोषणा भएको हो ।
अब अष्ट्रेलियाविरुद्ध जनवरी ९ मा हुने चौथो टेष्टको कप्तानी विराट कोहलीले गर्नेछन् । चार म्याचको टेष्ट सिरिज भारतले गुमाइसकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव संजय पटेलका अनुसार धोनीको राजीनामा स्वीकार गरिएको छ र भारतीय क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद दिइएको छ ।
सबै फर्म्याटका खेलको तनाव लिनको साटो वन डे र टी-२० मा मात्र केन्द्रीत हुने धोनीले बताएका छन् । धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा भारतले टेष्ट बरियतामा शीर्ष स्थानमा पुग्यो ।
२००५ डिसेम्बर २ मा श्रीलंकाविरुद्धको टेष्टमा उनले डेब्यू गरेका थिए । उनले कुल ९० टेष्टमा ४ हजार ८७६ रन बनाएका छन् ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया