बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०५:४०
वासिङटन डिसी 19:55

माघ ८ मै संविधान जारी गछौँः गृहमन्त्री गौतम

इनेप्लिज २०७१ पुष १७ गते ०:१४ मा प्रकाशित

b93918709ac3e2939ebaa5950f4d9560गोरखा, १६ पुस । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माघ निर्धारित मिति माघ ८ गते जसरी भएपनि संविधान जारी गर्ने बताएका छन् ।

सकेसम्म सबै दलको सहमति समेटेर संविधान जारी गर्ने भन्दै उनले असहमतिको बुँदामा सहमति जुट्न नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने बताए ।

नेकपा एमाले गोरखाले पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गौतमले संविधान जारी गरेपछिको परिस्थितिको सामना गर्न सरकारले गृहकार्य पूरा गरेको समेत उल्लेख गरे । उनले भने–‘माघ ८ मा संविधान जारी गरेपछि उत्पन्न हुने जस्तोसुकै कठिन परिस्थितिको पनि सरकारले सामना गर्छ, सरकारको तर्फबाट पूरा तयारी भएको छ ।’

उग्रवामपन्थीको भविष्य सकिएको भन्दै गौतमले अब नेपालीको पीडाको दिन सकिएको दाबी गरे ।

प्रतिक्रिया