पूर्वी युक्रेनमा सङ्घर्ष जारी, चौबीस घन्टामा पन्ध्र सैनिक मारिए
इनेप्लिज
२०७१ माघ १७ गते १६:२५ मा प्रकाशित
किभ, १७ माघ । विगत लामो समयदेखि सङ्घर्ष जारी रहेको पूर्वी युक्रेनमा पछिल्लो समयमा सरकारी सैनिक मारिने क्रम रोकिएको छैन ।
प्राप्त पछिल्लो समाचार अनुसार गएको २४ घन्टामा त्यहाँ कम्तीमा पनि १५ जना सैनिक मारिएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शनिबार दिएका हुन् ।
युक्रेनको पूर्वी भागमा रसियाली समर्थक विद्रोहीले युक्रेन सरकारका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । जसको फलस्वरुप गएको २४ घन्टामा १५ जना युक्रेनी सेना मारिनुको साथै अरु ३० जना घाइते भएका छन् ।
यसैबीच विद्रोहीहरुले पूर्वी युक्रेनको भोग्लेग्रिस्त नगर आफुहरुले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनीहरुले सो दाबी गरेका रसियाली टेलिभिजनले दिएको छ ।
रसियाली टेलिभिजनहरुमा ती विद्रोहीहरुले उक्त नगरमा विद्रोह जारी राखेका र भिषण रुपमा भिडन्तहरु जारी रहेका दृश्यहरु दिएका देखाइएको छ । रासस/एएफपी
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया