प्राधिकरणलाई स्वाथ्य अर्घाखाँचीले झण्डौं ८ लाख बक्यौता तिर्न सकेन

इनेप्लिज २०७१ माघ १७ गते १६:१७ मा प्रकाशित

काठमाडौँ–नेपाल विद्युत प्राधिकरण अर्घाखाँची शाखाको तथ्यांकमा बाकी बक्यौता रकम चुक्ता गर्न जिल्ला जनस्वाथ्य अर्घाखाँचीले लामोसयमदेखी नसकेको तथ्य फेला परेको छ ।
उसले तिनुपर्ने बाँकी बक्यौता रकम झण्र्डौ ८ लाख ७५ हजार १४८ रुपौंया ९ पैसा रहेको विद्युत प्राधिकरण अर्घाखाँचीले बताएको छ । स्वाथ्य अर्घाखाँचीले पछिल्लो समयमा प्राधिकरणले बारम्बार पत्रचार गर्दा जम्मा ५० हजार मात्र तिरेर उम्कीएको थियो । उता विद्युत बक्यौदा रकम नबुझाएको भन्दै प्राधिकरण अर्घाखाँची शाखाले अर्घाखाँचीमा २१६ जना ग्राहकको लाईन काटि झण्डौं साढे ५ लाख रुपैँया असुलेको छ । पटकपटक बक्यौदा रकम बुझाउन प्राधिकरणले लामोसमय देखी विद्युत महशुल नबुझाउने आफ्ना ग्राहकहरुलाई सूचना जारी गरी ताकेता गरेतापनी आफ्नो सूचनाको अटेर गर्ने २१६ जना ग्राहकको यो आर्थिक बर्षमा लाईन काटेर थियो । त्यसमध्ये प्राधिकरणमा आएर लामो समयसम्म प्राधिकरणलाई नबुझाएको बाँकी बक्यौता रकम १४६ जनाबाट प्राधिकरणले जरिवाना सहित असुलेको नेपाल विद्युत प्राधिकरण अर्घाखाँचीका प्रमुख विनोदकुमार पाण्डेले प्रभाव दैनिकलाई बताएका छन् ।
कार्यालय प्रमुख पाण्डेका अनुशार बारम्बार अटेर गर्ने २१६ जनालाई कारबाहि स्वरुप विद्युत लाईन प्राधिकरणले विच्छेद गरेपछि १४६ जना प्राधिकरणमा आएर आफ्नो बाकी रकम बुझाएका छन् । यो आर्थिक बर्षमा ५ लाख ४२ हजार ५ सय ३८ रुपैया विद्युत बाँकी बक्यौता रकम उठाउन प्राधिकरण सफल भएको बताए । अर्घाखाँचीमा बषौं सम्म विद्युत बक्यौता रकम नतिर्नेमा धेरै सरकारी कार्यालय रहेको प्राधिकरण अर्घाखाँची शाखाले बताएको छ । अर्घाखाँचीका सरकारी कार्यालयहरुको एकमुष्ट बाकी बक्यौता रकम ९ लाख ९२ हजार १८४ रुपैंया ५ पैसा रहेको शाखा प्रमुख पाण्डेको दावी छ । सवैभन्दा बढी अर्घाखाँची जिल्लामा विद्युत बक्यौता रकम तिर्न बाकी जिल्ला स्वाथ्य कार्यालय अर्घाखाँचीको छ । जिल्ला स्वाथ्य कार्यालय अर्घाखाँचील लामो समयदेखी आफ्नो बाकी बक्यौता रकम चुक्ता गर्न नसकेको प्राधिकरणको भनाई छ ।
गत आर्थिक बर्षमा प्राधिकरण अर्घाखाँचीले २६६ जना ग्राहकको लाईन काटिदिएको थियो । बारम्बार बिद्युत बाक्यौता रकम तिर्न प्राधिकरणले ताकेता गर्दा पनि प्राधिकरणको सूचनालाई लत्याई समयमा आफ्नोे बाकीं बक्यौता रकम नतिर्ने २६६ जनाको प्राधिकरणले लाईन विच्छेद गरिदिएको थियो । २६६ मध्ये प्राधिकरणले २१७ जना ग्राहकबाट गत आर्थिक बर्षमा झण्डौं व्याज बाहेक ७ लाख ७० हजार २ सय १७ बाकी असुली गरेको थियो । यस बर्ष प्राधिकरण अर्घाखाँची शाखाले बिशेष अभियानका साथ बाँकी बक्यौता रकम उठाउन लागिरहेको प्राधिकरण अर्घाखाँचीले जनाएको छ । प्राःय ले निर्धारित समयमा नै बाकी बक्यौता रकम तिर्ने भएतापनी अर्घाखाँचीमा धेरै सरकारी कार्यालयहरुले निर्धारित समयमा विद्युत बक्यौता रकम तिर्न नसकेको कार्यालयको बताएको छ ।
यसरी बिद्युत रकम नतिर्ने माथी प्राधिकरणले कालो लिष्टमा राख्न सक्ने समेत विद्युत ऐनमा व्यवस्था छ । आफूहरुले पटकपटक सूचना गर्दा पनी अटेर गर्नेहरुमाथी प्राधिकरण अर्घाखाँची शाखाले धमाधम कारबाही अभियानलाई तिव्रता दिईरहेको अर्घाखाँची शाखा प्रमुख विनोद कुमार पाण्डे बताए । उनले भने–पहिलो चरणमा कारबाही स्वरुप हामीले पटकपटक पत्रचार गर्दा खेरी नि बाकी रकम बुझाउन नआउनेको लाईन विच्छेद गछौं, त्यस पछि नि नआउनेको पत्रिकामा नाम प्रकाशित गछौं अझ त्यती गर्दा पनी सम्पर्कमा नआउनेको कालो लिष्टमा नाम चढाउने प्रक्रिया सुरु गछौं । उनका अनुशार सरकारी कार्यालयहरु मध्ये स्वाथ्य कार्यालय अत्वश्यक सेवा अन्र्तगतको भएकाले प्राधिकरणले विद्युत विच्छेद गर्न नसकेको बताए । जिल्ला स्वाथ्यलाई गर्ने कारबाहीको प्रकृतीका बारेमा क्षेत्रीय कार्यालयमा के कारबाही गर्ने भन्ने बिषयमा छलफल भईरहेको उनले बताए ।
उता यस बिषयमा प्रभाव दैनिकले जिल्ला स्वाथ्य कार्यालय अर्घाखाँचीका प्रमुख जगनाथ तिवारीसँग पटकपटक बुझ्न कोसिस गरेतापनी उनले फोन उठाएन् । कार्यालयमा फोन गर्दा कर्मचारीहरुले कार्यालय प्रमुख तिवारी व्यस्त रहेको भन्दै कुराकानी गर्न नमिल्ने बताए ।

गिरी स्मृति पत्रकारिता पुरस्कारका लागि समिति गठन
वीरगन्ज,(प्रस)– नेपाल पत्रकार महासंघ पर्सा शाखाले महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार बितरणका लागि एक दुई सदस्यीय सिफारिस समिति बनाएको छ ।
शनिबार पत्रकार महासंघको वीरगन्ज १५ स्थित भवन निर्माण स्थलमा सम्पन्न भएको कार्य समितिको पाँचौं बैठकले शाखाका उपाध्यक्ष धुब्र साह संयोजक र पुर्व अध्यक्ष एवम् सल्लाहकार शत्रुघन नेपाल सदस्य रहने गरी समिति बनाएको हो । सो समितिले तीन दिनभित्र नाउँ सिफारिस गर्ने र त्यसैका कारण माघ महिना भित्रमा नै एक कार्यक्रमको आयोजना गरी पर्साका एकजना कृयाशिल पत्रकारलाई पुरस्कृत गरिने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिए ।
यसरी नै माघ मसान्तसम्ममा सबै शाखाका साधारण सदस्यहरुलाई आफ्नो सदस्यता नवीकरण गर्न आग्रह समेत बैठकले गरेको छ ।

विपक्षी दल सहमतिमा आउनुपर्छ –पाण्डे
बुटवल, (प्रस)– नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संविधान निर्माणका विषयमा एकीकृत नेकपा माओवादी सहितका विपक्षी दल सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले प्रक्रियाबाट संविधान बनाउने क्रमसँगै विपक्षी दलहरु पनि सहमतिमा आउने विश्वास व्यक्त गरे ।
शनिबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले नेता पाण्डेले विपक्षी दलहरुसँग कांग्रेस–एमालेले निरन्तर वार्ता गरिरहेको बताए । संविधान निर्माण प्रक्रिया चलिरहँदा वार्ता र संवाद जारी रहने उनले बताए । औपचारिक नभए पनि अनौपचारिक वार्ता जारी छ , उनले भने,यसैले छिट्टै सहमति कायम हुनेछ । नेता पाण्डेले संविधानसभा नछाड्ने निर्णय गरेकाले विपक्षी दलहरु संविधानसभा अन्तर्गत्का समितिका बैठकमा सहभागी हुनुपर्ने बताए । उनले
संविधानसभा र संसदलाई एकै रुपमा बुझ्न नहुने बताउँदै भने–संविधानसभाको कुरालाई संसदमा लैजानु हु्रँदैन ।
संविधान कुनै दल विशेषको दस्तावेज बन्न नसक्ने बताउँदै उनले केही गुमाउने र केही लिने विषयले मात्र संविधान बन्ने बताए । उनले सबै दलले आ–आफ्ना अडान नछाड्ने हो भने सहमतीय संविधान बन्न नसक्ने बताए । विपक्षी दललाई सहमतिमा ल्याउन सत्तापक्षीय दलहरु लागिपरेको उल्लेख गर्दै उनले यो विषयमा प्रधानमन्त्री शुसील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली उत्तिकै जिम्मेवार रहेको बताए ।

चुरे संरक्षण गर्न जरुरत रहेको अध्यक्ष खनालको भनाई
बीरगञ्ज,(प्रस)–राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालले चुरेमा मानवरहित र मानवसहित भन्दापनि सामुदायिक हितको लागि काम गर्नुपर्ने बताएका छन् ।
पसाह जलाधार व्यवस्थापन परिषद्को स्थापनाका लागि भएको प्रथम सम्मेलनमा बोल्दै अध्यक्ष खनालले त्यसका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा चुरेको पानी संचित गर्न, बाढी तथा नदि कटान नियन्त्रण र खुला चरिचरण नियन्त्रणका लागि सरोकारवालाहरुसँग समन्वय गरेर काम गरिरहेको बताए । उनले चुरे क्षेत्रको संरक्षण नगरीकन तल्लो क्षेत्रमा हुने एउटा नदि नियन्त्रण गर्न चार अर्ब भन्दा बढी खर्च लाग्ने भएको हुँदा माथिल्लो क्षेत्रबाटै संरक्षण आवश्यक रहेको बताए । धरै गर्न नसकेपनि चुरेक्षेत्रबाट हुने दोहनलाई रोक्न सके जोखिम कम गर्न सकिने बताए । पारिस्थितिक प्रणाली र जैविक विभिदतालाई मिलाएर लानु पर्नेमा खनालले जोड दिए । उनले खुला चरिरण चुरे विनासको मुख्य हतियार भएको बताउदै खेती प्रणाली र पशुपालनलाई परिवर्तन गरेर आय आर्जनका नयाँ विधि र प्रकृयाहरुको पहिचान गर्न लागिएको बताए । राष्ट्रपति चुरे तराई मधेस संरक्षणको मुख्य उद्देश्य भनेको स्थानीयसँग मिलेर सही योजना निर्माण गर्ने र स्थानीय तहबाटै कार्यान्वयन गर्न लगाउने उनले बताए । माथिल्लो क्षेत्रको संरक्षणले नेपालको तराई क्षेत्रमात्र नभएर भारतलाई पनि फाईदा पुग्ने खनालको भनाई थियो । एउटा विधि र प्रकृयाबाट गएमा वातारणीय सेवाको भुक्तानी लिने काम जटिल भएपनि विधि प्रकृया अनुसार जाँदाखेरी विभिन्न माध्ययमबाट ल्याउन सकिने बताए । बहु सरोकारवाला वन कार्यक्रमको सहयोग तथा राष्ट्रिय जनवकालत मञ्च नेपाल नाफान को आयोजनामा निजगढ नगरपालिकाको डम्बरपुरमा भएको सम्मेलनले १५ सदस्यीय पसाह जलाधार व्यावस्थापन परिषद गठन गरेको कार्यक्रम अधिकृत कविन्द्र भट्टले जानकारी दिए ।
नाफानका अध्यक्ष भोला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद शोभाकर पराजुली, जिल्ला वन अधिकृत श्रीप्रसाद बराल, दलित प्राथामिक विद्यालय लामीडाँडाकी प्रधानाध्यापिका नर्मदा अधिकारी, भूसंरक्षण अधिकृत रामानन्द प्रसाद भट्टराई लगायतले आ–अफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया