मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:११
वासिङटन डिसी 00:26

एमाले नेता नेपाल अन्तर्राष्ट्रिय पदकबाट सम्मानित

इनेप्लिज २०७१ माघ १७ गते १५:२५ मा प्रकाशित

madhav-nepal1काठमाडौँ, १७ माघ । नेकपा (एमाले)का नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज युनिभर्सल पिस फेडरेसनको फिलिपिन्समा जारी एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा ‘लिडरशिप तथा गुड गभर्नेन्स अवार्ड’द्वारा सम्मानित हुनुभएको छ ।

फिलिपिन्सको मनिलामा आयोजित ‘एसिया प्यासिफिक क्षेत्र, शान्ति, सुशासन र मानव विकासतर्फ’ भन्ने मुख्य नाराका साथ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री नेपाललाई सम्मानित गरिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

सो अवसरमा नेता नेपालले एसिया प्यासिफिक क्षेत्रमा दिगो शान्ति र विकासका नयाँ आयाम विषयमा मन्तव्य दिदै आफूले प्रधानमन्त्री रहँदा र अहिलेको भूमिकामा पनि मुलुकको दिगो शान्ति, सामाजिक विकास, न्याय र रुपान्तरणका लागि कार्य गरिरहेको बताउनुभयो ।

नेता नेपालले पूर्व विद्रोही एमाओवादीलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याउने कार्य अझै पूर्ण नभएको भन्दै नयाँ संविधान निर्माण कार्यमा सबै पक्षको साथ रहेमा मुलुकमा दिगो शान्ति हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया