प्रश्नावली समितिको बैठक, कार्यविधि बनाउन उपसमिति गठन
काठमाडौँ, १७ माघ । संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली बनाउन गठित प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ ।
सिंहदबारमा आज बसेको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा दीपक बोहोरा, भानुभक्त ढकाल, किरण यादव, दिलनाथ गिरी, श्रीमाया थकाली, अतहर कमाल मुसलवान सदस्य रहनुभएको छ ।
समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगन्जमा पूर्व निर्धारित कार्यक्रममा सहभागी भएर राजधानी फर्कन ढिला भएका कारण पूर्व निर्धारित समय दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।
संविधान निर्माणका सम्बन्धमा देखिएका मूलभूत विवादित विषयमा प्रश्नावली समितिले प्रश्न बनाउने छ । समितिलाई बैठक सुरु भएको मितिले पाँच दिनको समयसीमा प्रदान गरिएको छ ।
प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा विवाद रहँदै आएको छ । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको १९ दलीय मोर्चाको विरोधका बाबजुद गठित समितिको पहिलो बैठक आज बसेको हो । बैठकले एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरुलाई समेत सहभागी हुन आग्रह गरेको छ । तर ती दलले समितिमा सहभागी हुन नसक्ने जनाउँदै आएका छन् ।
बैठकपछि नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले तोकिएको समयभित्रै विवादित विषययका सम्बन्धमा प्रश्नावली बनाइने जानकारी दिँदै एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरु समेत सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्तलगायतका ११ दल र दुई जना स्वतन्त्र सभासद्को सहभागिता रहेको थियो ।
बैठकपछि नेकपा९एमाले०का सभासद् डा राजन भट्टराईले समितिको पहिलो बैठक भएकाले कार्यविधि बनाउनका लागि उपसमिति गठन गर्ने निर्णयका साथसाथै विवादित विषयमा सामान्य छलफल भएको जानकारी दिनुभयो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया