पाकिस्तानमा मस्जिदमाथि आक्रमणमा कम्तीमा चालीसको मृत्यु
इनेप्लिज
२०७१ माघ १६ गते १७:०६ मा प्रकाशित
सिकारपुर (पाकिस्तान), १६ माघ । पाकिस्तानको दक्षिणी भागमा एक व्यस्त सिया मस्जिदमा भएको बम आक्रमणमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । यो पाकिस्तानमा गत दुई वर्षमा भएको सबैभन्दा घातक जातीय आक्रमण भएको बताइएको छ ।
उक्त आक्रमण सिन्ध प्रान्तको सिकारपुरमा अवस्थित मस्जिदमा भएको बताइएको छ । यो स्थान कराचीबाट करिब ४७० किलोमिटर उत्तरमा अवस्थित छ । उक्त मस्जिदमा शुक्रबारको प्रार्थनामा सयौँ व्यक्ति भेला भएका थिए ।
सिन्धका स्वास्थ्यमन्त्री जाम मेहताव दाहेरले जम्मा ४० व्यक्तिको मृत्यु भएको तथा ४६ अन्य घाइते भएको जानकारी दिनुभयो ।
सिकारपुरको नागरिक अस्पतालका स्वास्थ्य सुपरिन्टेन्डेन्ट सौकत अली मेहमोनले मृत्युको सङ्ख्या पुष्टि गर्नुभयो । उहाँले धेरै घाइतको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया