आयोजक माइभ्यालीलाई झापा—११ ले हरायो
इलाम, १६ माघ । इलाम सदरमुकाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ दुई शून्यको अन्तरले विजयी भएको छ ।
आयोजक माइभ्याली फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोल गर्दै झापा विजयी भएको हो । खेल सुरु भएको १६ मिनेटमा झापाका तर्फबाट जर्सी नम्बर १२ का दिनेश कार्कीले पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए ।
यस्तै १८औँ मिनेटमा इलामका रक्षापङ्क्तिका खेलाडी सचिन्द्र धिमालले आत्मघाती गोल गर्दा झापा ११ ले अग्रता दोब्बर बनाएको थियो । खेलमा गोल गर्ने थुप्रै अवसर पाए पनि आयोजकले गोलमा परिणत गर्न सकेन ।
इलामका कप्तान राजु थापाले पहेंलो कार्ड पाएका थिए । आजको म्यान अफ द म्याच झापाका दिनेश कार्की घोषित भए । भोलिको खेल नेपाल पुलिस क्बल र बङ्गलादेशबीच हुनेछ ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ ११ लाई नेपाल पुलिसले १ गोलले जितेको थियो । रु तीन लाख राशिको प्रतियोगितामा भुटान, भारत, बङ्गलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, थ्रीस्टारलगायतका १० टिम सहभागी छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया