राष्ट्रपति डा यादव र अध्यक्ष गच्छदारबीच भेटवार्ता
काठमाडौँ, १६ माघ । राष्ट्रपति डा रामवरण यादव र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको थियो ।
मुलुकलाई द्वन्द्वमा लैजाने भन्दा पनि सहमतिका आधारमा जनआन्दोलनकारी शक्तिकोबीच विश्वासको वातावरण बनाउनुपर्ने, वार्ता र सम्वादका आधारमा विवादित विषयलाई टुङ्गोमा पु¥याउन प्रमुख राजनीतिक शक्तिले अधिकतम् प्रयत्न गर्नुपर्नेमा राष्ट्रपति डा यादवले ध्यानाकर्षण गराउनुभएको फोरम लोकतान्त्रिकका कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष गच्छदारले सहमतिका आधारमा संविधान जारी गर्नका लागि सरकारमा रहेका दलको भूमिका महत्वपूर्ण र सन्तुलित हुनुपर्ने भएपनि जवरजस्ती गर्नेतर्फ केन्द्रित भएका कारण समस्या पैदा भएको जानकारी गराउनुभएको थियो ।
सहमतिका आधारमा नै संविधान जारी गर्न जोड
यसैबीच मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको आज सम्पन्न केन्द्रिय समितिको बैठकले सहमतिको आधारमा नै संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सो पार्टीका महासचिव जितेन्द्रनारायण देवकाअनुसार विगतमा दलहरुबीच भएको सहमति तथा सम्झौताका आधारमा सबैले अपनत्व गर्ने खालको संविधान जारी हुनुपर्ने निष्कर्ष निकाल्दै जवरजस्ती गर्ने सत्ताधारी दलको व्यवहार गलत भएको ठहर गरेको छ ।
मुलुकमा द्वन्द्व र मुठभेड बढाउने भन्दा पनि सहमति र सहकार्यका आधारमा नै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गर्ने र सोहीअनुसारको गतिविधि सञ्चालन गर्न सचेत गराउने निर्णय गरेको महासचिव देवले बताउनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया