प्रक्रियामा नआए जनताबाट बहिष्कारः उपप्रम गौतम
इनेप्लिज
२०७१ माघ १६ गते १६:०५ मा प्रकाशित
काठमाडौँ, १६ माघ । उपप्रधान मन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले संविधान निर्माणको प्रक्रियामा सहभागी नभएका प्रतिपक्षी दल जनताबाट बहिष्कार हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा गौतमले विपक्षी एनेकपा माओवादी र मधेसवादी दलले संविधानसभाबाट संविधान जारी नचाहेकाले सहमति नभएको बताउँदै भन्नुभयो, “हामीले त उहाँहरुलाई संविधान लेखनको यो महानअभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं, अब उहाँहरु आउनु भएन भने जनताबाट बहिष्कार हुने निश्चित छ ।”
नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका गौतमले दुईतिहाई शक्तिसँग घुर्की लगाउन नमिल्ने भन्दै सहमतिमा आउन आह्वान पनि गर्नुभयो । उहाँले आगामी तीन महिनाभित्र नयाँ संविधान आउने पनि स्पष्ट गर्नुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया