शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १२:४३
वासिङटन डिसी 02:58

प्रक्रियासँगसँगै सहमतिको प्रयास जारी रहन्छः अध्यक्ष ओली

इनेप्लिज २०७१ माघ १६ गते १०:१९ मा प्रकाशित

oliकाठमाडौँ, १६ माघ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखनको प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि जारी रहने बताउनुभएको छ ।

प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले हरेक दिन सहमतिको प्रयास गर्दा पनि सहमति नभएपछि प्रक्रिया अगाडि बढाएको र प्रक्रिया अघि बढे पनि सहमति प्रयास भइरहने बताउनुभयो ।

अध्यक्ष ओलीले सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै जनताको मत र राष्ट्रको भलाइका लागि संविधान लेख्नुपर्नेमा जोड दिनुभयो ।

संविधान कुनै एउटा पार्टीको कार्यसूची नभएको भन्दै उहाँले मुलुकको उन्नति, समृद्धि र नेपाली जनताको हकअधिकारका लागि चाहिएको हुनाले कसैले पनि विरोध गर्न नहुनेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा सबै जातिलाई सहभागी गराउन नसक्ने हुनाले थप समस्या उत्पन्न हुने भएकाले पार्टीले जातीय राज्य हुनु हँुदैन भन्ने अडान लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा ९माले०का महासचिव सिपी मैनालीले निर्धारित मितिमा संविधान लेखनको कार्य पूरा गर्न नसके पनि जतिसक्दो छिट्टै सर्वमान्य संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालजस्तो सानो मुलुकमा सङ्घीयता आवश्यकता छैन भनेर आफ्नो पार्टीले कुरा उठाइरहँदा वास्ता नगरेकाले अहिले शीर्ष दलहरु समस्यामा फस्नु परेको उल्लेख गर्दै प्रक्रियाबाटै संविधान जारी गर्नुपर्छ भन्नुभयो ।
सङ्घका अध्यक्ष विजयबहादुर सिलवालले सङ्घमा प्रगतिशील विचार राख्ने प्राध्यापकहरुले पेसागत हकहितका लागि निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।

सङ्घको सम्मेलनमा देशभरबाट ८०० प्रतिनिधिको उपस्थिति रहेको छ भने भोलि नयाँ कार्यसमिति चयन हुनेछ ।

प्रतिक्रिया