अध्यक्ष दाहाललाई सहमतिका आउन प्रधानमन्त्री कोइरालाको आग्रह
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल निवास लाजिम्पाट गई बाह्रबुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताका लागि सहमतिमा संविधान लेख्नुपर्नेमा जोड दिनुभयो ।
सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुग्नुभएका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार पर्कने क्रममा बिनाजानकारी अध्यक्ष दाहाल निवासमा जानुभएको हो ।
अध्यक्ष दाहाल नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा हुनुहुन्थ्यो । एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उहाँहरू अलमलमा पर्नुभयो ।
करिब आधा घण्टा भएको उक्त भेटमा अध्यक्ष दाहालले सहमतिको वातावरणको सुनिश्चिता नभएसम्म वार्तामा नआउने धारणा दोहो¥याउनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले यसअघि पनि दुईपटक अध्यक्ष दाहाललाई टेलिफोन गरी सहमतिका लागि पहल गरिसक्नुभएको थियो भने काँग्रेस, एमालेलगायत संविधानसभामा रहेका १० दल र दुई सभासद्को संयुक्त बैठकले एमाओवादी र मधेसी मोर्चालाई सहमतिका लागि वार्तामा आउन आह्वान गरेको थियो ।
भेटबारे जानकारी दिँदै एमाओवादी सचिव वर्षमान पुनले भन्नुभयो, “प्रधानमन्त्री कोइरालाले सहमतिकै आधारमा संविधान निर्माण गरौँ, तपाइँ हामी शान्ति सम्झौताका पक्षधर नै मिलेर संविधान बनाउनुपर्छ भन्नुभयो ।”
त्यसका लागि वार्ता र संवादमा आउन प्रधानमन्त्री कोइरालाले आग्रह गरेपछि जवाफमा एमाओवादी अध्यक्ष दाहाले भने बहुमतीय तरबार घाटीमा राखेर वार्तामा बस्न नसकिने धारणा राख्नुभएको पुनले बताउनुभयो ।
उहाँका अनुसार अध्यक्ष दाहालले ठूलो पार्टीको प्रधानमन्त्रीको हैसियतले कोइरालाले नै सहमतिमा नै संविधान लेख्ने सुनिश्चिता नगरेसम्म वार्तामा बस्न राम्रो न पनि नहुने र त्यसको कुनै औचित्य नरहने बताउनुभएको थियो ।
भेटमा संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउन आफूहरू तयार रहेको अध्यक्ष दाहालले प्रक्रिया नभई सहमतिका आधारमा संविधान बन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री कोइरालालाई आग्रह गर्नुभयो ।
यही माघ ५ गते संविधानसभामा एमाओवादी र मोर्चा सम्वद्ध सभासद्को तोडफोडपछि र माघ ११ गते सभाध्यक्ष नेम्वाङले विपक्षी सभासद्को विरोधका बाबजूद प्रस्ताव समिति गठन गर्ने निर्णय गरेपछि सत्तापक्ष र प्रतिपक्ष दलहरू दुई ध्रुवमा विभाजित भएका छन् ।
त्यसयता प्रमुख दलहरूबीच मनमुटाव बढ्नुका साथै संविधान निर्माणका सम्बन्धमा कुनै पनि कार्य हुन सकेको छैन ।
काँग्रेस र एमालेले छुट्टाछुट्टै बैठकमार्फत सहमतिका लागि एमाओवादीलाई वार्तामा आउन आह्वान गर्नुका साथै त्यसको प्रमुख जिम्मेवारी प्रधानमन्त्री कोइरालालाई दिएका थिए ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया