ओबामाको प्रस्तावप्रति पाकिस्तानको आपत्ति
इस्लामावाद, १५ माघ । भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने भनी अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको प्रस्तावप्रति पाकिस्तानले आपत्ति जनाएको छ ।
हालै भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणका क्रममा उहाँले सो प्रस्ताव गर्नुभएको थियो ।
तर सो प्रस्ताव आपत्तिजनक भएको र त्यसका विरोधमा रहेको भनी बिहीबार पाकिस्तानले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले भारत भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यता लिने सम्बन्धी विषयमा अमेरिकाको समर्थन रहने र सोही अनुरुप पुनर्संरचना गरिनुपर्ने बताउनुभएको थियो ।
पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता तस्निम अस्लामले भन्नुभयो– भारत संयुक्त राष्ट्रसंघको स्थायी सदस्यताका लागि योग्य छैन, किनभने उसले राष्ट्रसंघकै प्रस्तावको हनन् गरिरहेको छ ।
उहाँका अनुसार भारतले जम्मु र काश्मिरका बारेमा संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावकै पालना गरिरहेको छैन । भारतले ती क्षेत्रका नागरिकको मानवअधिकार पनि हनन् गरेको आरोप उहाँले लगाउनुभयो ।
पाकिस्तानी विदेशमन्त्रालयको साप्ताहिक पत्रकार भेटका क्रममा बिहीबार आयोजित कार्यक्रममा उहाँले भारतले जम्मु र काश्मिरका नागरिकको आफैले निर्णय गर्न पाउने भनी राष्ट्रसंघले पारित गरेको प्रस्तावको हनन् गरेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघलाई अहिलेको भन्दा बढी प्रजातान्त्रिक, समावेशी एवम् विश्वका सबै नागरिकका लागि समान सहयोगी संस्थाका रुपमा यसको पुनर्संरचना गरिनुपर्ने विषयमा भने आफुहरु पनि सहमत रहेको उहाँले बताउनुभयो ।
यसका साथै भारत र अमेरिकाका बीचमा हुने भनिएको पारमाणविक सम्झौताका बारेमा पनि पाकिस्तानले गहिरो चासो व्यक्त गरेको छ ।
सो विषयमा सोधिएको एक प्रश्नमा प्रवक्ता अस्लामले भन्नुभयो– यसप्रति पनि हामीले आफ्नो तर्फबाट विरोध गरिसकेका छौं किनभने यदि यो सम्झौता लागू भयोभने यसले दक्षिण एसियाली क्षेत्रमा नै अस्थिरता निम्त्याउने छ । रासस/एएफपी
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया