मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं १९:५९
वासिङटन डिसी 10:14

घुस लिँदालिँदै पक्राउ

इनेप्लिज २०७१ माघ १५ गते ८:५८ मा प्रकाशित

nilamban_20140729092718बुटवल, १५ माघ । जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिइरहेका बेला बुटवलको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लागि आएको बजेटबाट रु ५० हजार घुस लिँदै गर्दा उनलाई आज बुटवलको होटल सुजाताबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको  आयोगको सम्पर्क कार्यालय बुटवलका डिएसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

घिमिरेलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया