होटल डिभोटी एसपिए कप २०१५ को तयारी पूरा
इनेप्लिज
२०७१ माघ १५ गते ६:३६ मा प्रकाशित
धनगढी, १५ माघ । माघ १६ गतेबाट यहाँ आयोजना हुने देशकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपिए कप २०१५’ को तयारी पूरा भएको छ ।
आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुवास शाहीले प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
प्रतियोगिताको आयोजनास्थल सेती अञ्चल प्रहरी कार्यालय धनगढीको मैदानलाई झकिझकाउ पारिएको छ । प्रतियोगिताका लागि सहभागी हुने टोलीका खेलाडी, प्राविधिक टोली धनगढी आउने क्रम सुरु भएको छ ।
देशभरिबाट विभिन्न १६ क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले एसपिए कपसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउने बताइएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया