बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २३:१९
वासिङटन डिसी 13:34

क्रिकेटर गौचनलाई पितृशोक

इनेप्लिज २०७१ माघ १४ गते १५:०९ मा प्रकाशित

shaktiकाठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ ।

भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

दुर्घटनामा परी गौचनका पिताको मस्तिकमा गम्भीर चोटको लागेको थियो । उहाँको पार्थिब शरिरलाई थकाली परम्पराअनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ  । स्वर्गीय गौचनका शक्ति एक मात्र छोरा हुन ।

स्वर्गीय खड्गप्रसादलाई श्रद्धाञ्जलि अर्पण गर्न नेपाल क्रिकेट सङ्घका  पदाधिकारी, राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायके र  क्रिकेट खेलाडीहरू आर्यघाट पुग्नुभएको थियो ।

प्रतिक्रिया