राष्ट्रिय लिग फुटबलः थ्रिस्टार विजयी
काठमाडौँ, १४ माघ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा थ्रिस्टार क्लबले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको छ ।
दशरथ रङ्गशालाम भएको सो प्रतियोगितामा थ्रिस्टार सुदूरपश्चिमाञ्चलमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको थ्रिस्टारले ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । थ्रिस्टारले यसअघि मोरङ फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
थ्रिस्टारको जितमा अमर डङ्गोल र सन्तोष साउखलले गोल गरेका थिए । डङ्गोलले खेलको ७२ र ७६ औँ मिनेटमा दुई गोल गरे । उनले पहिलो गोल जगजित श्रेष्ठको क्रस पासमा हेडमार्फत गोल गरे भने दोस्रो गोल पनि जगजितले नै मिलाइदिएको बललाई डिबक्स नजिकबाट गोल गर्दै थ्रिस्टारको अग्रता दोब्बर बनाएका थिए ।
त्यस्तै साउखलले खेलको अन्तिम मिनेटमा करिब नौ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमाञ्चल अङ्कविहीन छ । यसअघिको पहिलो खेलमा सुदूपश्चिमाञ्चल मनाङ मस्याङ्दी क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा समान एक/एक खेल खेलेको मनाङ मस्र्याङ्दी र लुम्बिनी फुटबल क्लबको समान ३/३ अङ्क छ ।
भोलि दशरथ रङ्गशालामा दिउँसो २ः०० बजे विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया