वार्ता र संवादबाटै समस्याको समाधान: प्रधानमन्त्री
काठमाडौँ, १४ माघ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताउनुभएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ७५ वटै जिल्लाका नेपाली काँग्रेसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
नेपाली काँग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै एनेकपा –माओवादी र मधेसवादी दल आफ्नो मुद्दाबाटपछि हट्न आग्रह गर्नुभयो ।
मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उहाँले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरू लागिपरेको बताउनुभयो ।
आन्दोलनले विकासको सम्भावना गुम्ने भन्दै विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउनसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य धनराज गुरुङ तथा नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीको उपस्थिति रहेको थियो ।
कोइरालाले तीन दिनसम्म चलेको जिल्ला सचिवलाई प्रशिक्षण दिने प्रशिक्षकलाई प्रमाणपत्र वितरण पनि गर्नुभएको थियो ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया