संस्मरण : भारतमा हराएको पैसा भेटिनु भनेको चानचुने कुरा हैन ?

इनेप्लिज २०७१ माघ १४ गते २:१३ मा प्रकाशित

bijay 2

हराएको पैसा भेटिनु आश्चर्य कुरा हुन्छ l कलियुगमा पनि ईमान्दारिता जिवितै छ l यस्तै घटना यो पंक्तिकार संग घटेको हो l माथि मैले शिर्षक मै भारतमा हराएको पैसा भेटिनु भनेको चानचुने कुरा हैन भन्ने उल्लेख गरेको छु l यसबाट पाठकले सजिलो संग छर्लंग बुझ्नु हुने छ भन्ने मलाई लागेको छ l

अहिले २०१५ चलि रहेछ l सन् २००५ मा एक बिशेष काम भारतको राजधानी दिल्ली गएको थिए l

एक दशक अगाडिको कुरा हो ,दिल्लीबाट हामी नेपालको औधोगिक नगरी बिराटनगर जान भारतको बिहार हुदै पूर्णिया जिल्ला बाट जोगवनी नाका भएर नेपाल छिर्ने योजना अनुसार रेलबाट गन्तब्य तिर लाग्यौ l

हामी दुई जना थियौ l तर रेलको प्रथम श्रेणीमा यात्रा गरि रहेका थियौ l सदैब पछाडी पैसा मूद्रा थैली अर्थात् पर्स हुन्थ्यो l

आश्चर्य त्यो बेला लाग्यो अघिल्लो दिन राती रेल (डिब्बे गाडी )को शौचालयमा बिर्सेर छोडेको मूद्रा थैली भोलि बिहान ७ बजे बिहार राज्यको आसपास कसैले ल्याएर तिम्रो हो भनि दिदा छक्क परे l

भारतमा पैसा हराउदा त्यो पनि बिहारमा हराएको पैसा भेटिनु मेरो लागि त्यो जस्तो चमत्कार केहि लागेन l किनभने बिहार भने पछि हाम्रो हेराई नै त्यस्तो हुन् जानु स्वाभाविक रहेछ l गलत अर्थमा हामीले लिनु हुदैन l सबै मानिस खराब हुदैनन् र सबै बिहारी खराब छैन्न l

raj

अपरिचित मान्छेले हरेक मानिसको अनुहार हेर्दै आए पछि मेरो नजिक आएर मेरो मूद्रा थैलीमा भएको चालक अनुमति पत्रमा भएको अनुहार रुजु गर्यो अनि तिम्रो केहि हराएको छ ? हेर त ? र ,तिम्रो नाम के हो भनि सोद्धा डराए पनि l

उसले भन्यो ,तिम्रो केहि हराएको हुनु पर्छ भनि अलिक रहस्यमय बनाई दियो l एक छिन् सोचे अकमक्क भए र यसो पछि गोजी छाम्छु त छैन मूद्रा थैली ?

हो ? मेरो हो ? कराएर भने ,र त्यहा हासो पनि भो l नाम र ठेगाना सोधे पछि मिलेको हुनाले दियो l

कसरि पाए ?

जसले मलाई मेरो पैसा जस्ताको त्यस्तै गरि दियो त्यो मान्छे भारतीय सेनामा रहेछ l यदी त्यो मानिस अन्य भै दिएको भए सायद मैले आशा नगरे पनि हुने थियो l र ,उसका नेपाली साथीहरु पनि सेनामा रहेकोले दुई चार शब्द नेपाली पनि बोल्न जान्ने रहेछ l

के के थियो त्यो मूद्रा थैलीमा ?

त्यहाँ निक्कै महत्वपूर्ण कागजात ,अनुमति चालक पत्र ,उधारो पत्र (क्रेडिट कार्ड ) भारतीय रुपैया १ हजार ७ सय र नेपाली रुपैया पाच सय पचास मात्र थियो l

भारतमा चोरी हुन्छ र रेलमा चोर ,बगलिमाराको बिगबिगी हुनाले भित्रि गोजी बनाएर राखेको पैसा बचेको थियो l मेरो सुद्धि ? रेल हिडी रहेको समयमा शौचालय गएर बटुवा चाही माथि तासीमा राखेको तर निस्कने बेलामा भुसुक्कै बिर्सिएछु l होश प्रसाद जस्तै भएछु l

बिहारमा हिजो पैसा हराएर अर्को दिन पैसा पाउनु भनेको एक सपना जस्तो हो ? कति ईमान्दार मानिस रहेछन भनि मैले बिहार र बिहारीलाई जे सोच्दथ्ये त्यो त्यहि दिन देखि हरायो l र ,धन्यबाद दिदै केहि बक्सिस दिन खोज्दा मानेन l र ,म आफ्नो गन्तब्य स्थान आए पछि झर्नु भन्दा अगाडी एक पटक पुन हात मिलाउदै अपरिचित मानिस संग बिदा भए l

र ,त्यहि समयमा दिल्ली गएको बेला ,नेपाल फर्कनु भन्दा अगाडी सामान किन्न जान लागेको अवस्थामा बिहानको खाजा खान एउटा चमेना गृहमा अटैची (ब्रिफ केस )साथ बसेका थियौ l

Bi-Fold-wallet-heritage-feat

नास्ता खायौ र दुवै जना संग झोला थियो l कुर्शी छेउमा अटैची (ब्रिफ केस ) राखिएको थियो l के भएर हो ,भुले छौ l भाडाको निजि मारुती गाडी लिएका थियौ l १ घण्टा पछि थाहा पायौ कि हाम्रो अटैची (ब्रिफ केस ) दिल्लीको पहाडगंज को एउटा चमेना मा नै छोडियो भनि तुफान त्यहाँ आयौ l

संयोग बस ,त्यत्रो भिड हुने चमेना गृहमा हाम्रो समान चमेना गृहको प्रबन्धकले हामी आउनु भन्दा अगाडी मात्र हातले नछूई दिल्ली प्रहरीलाई बोलाएको रहेछ l र ,दिल्ली प्रहरीले त्यहा बेबारिशे शखास्पद केहि समान छ भनि भिड हुन् लागेको अवस्थामा हामी पुगे पछि दोकान मालिकले हाम्रो अटैची (ब्रिफकेस ) हामीलाई जिम्मेबारी लगाई दियो l

त्यो अटैची (ब्रिफ केस ) भित्र ३५ हजार भारु थियो l यसरी दिल्ली र भारतको बिहारबाट आफ्नो गुमाएको मुद्रा फेरी प्राप्त गरेको अहिले सम्झदा अचम्म लाग्छ l

अगिल्लो दिन हराएको थैली १२ घण्टा पछि भेटिनु नै ठुलो अहो भाग्य हो l रेलमा भारतीय सैनिक नभएको भए के हुन्थ्यो के हुन्थ्यो ? भारतमा बेबारिशे समान हत्पत्त कसैले नछुने रहेछन l र ,अर्को अटैचीमा बम हुन सक्ने भएकोले यसरि दुई पटक आफ्नो माल भेटिनु नै महा भाग्यशाली आफुलाई ठान्नु पर्छ l

र ,ईमान्दारीता को प्रसंशा मुक्त कण्ठले गर्ने पर्छ l एक दशक कति छिटो बितेछ l

………………………………………………अस्तु

 

 

प्रतिक्रिया