विमान दुर्घटनामा दशको मृत्यु
म्याड्रिड, १३ माघ । सोमबार अपराह्नमा स्पेनको हवाई शिविरमा ग्रिकको एफ१६ विमान उडान भर्ने क्रममा भएको दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अरु २१ जना घाइते भएका छन् ।
सो विमान नेटो सैनिकको रहेको बताइएको छ । नेटोको तालिम अभ्यासमा संलग्न सो लडाकू विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
यस दुर्घटनामा परी सैनिक सेवामा संलग्न दुई ग्रिक चालक र आठ फ्रान्सेली नागरिकको मृत्यु भएको स्पेनका प्रधानमन्त्री मारिआनो राजोएले सोमबार साँझ पुष्टि गर्नु भएको छ ।
त्यसैगरी सो दुर्घटनामा परी १० फ्रासेली र ११ इटालियन नागरिक पनि घाइते भएको जनाइएको छ ।
स्पेनको मध्य प्रान्त आल्बाकेटेको लोस ल्लानोसमा अवस्थित नेटोको हवाई शिविरमा स्थानीय समयाअनुसार १५ः १८ बजे सो दुर्घटना भएको जनाइएको छ ।
नेटोका महासचिब जनरल जेन्स स्टोल्टेनबेर्गले यस दुर्घटनाबाट आफु अत्यन्त दुखित भएको एक विज्ञप्तिमार्फत बताउनु भएको छ ।
यस दुःखद घटनाबाट नेटो परिवार नै प्रभावित भएको पनि उहाँले सो विज्ञप्तिमा उल्लेख गर्नुभएको बताइएको छ । रासस /सिन्ह्वा
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया