वार्ताबाटै समस्याको समाधान गरिने
काठमाडौं, १३ माघ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित नेका जिल्ला कार्यसमितिका सचिवहरुका लागि क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उहाँले वार्ताका माध्यमबाट जारी गतिरोधलाई अन्त्य गर्न आफू लागिपरेको बताउनुभयो ।
मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उहाँले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरु लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “लोकतन्त्र शान्तिका लागि नेका निरन्तर लागिपरेको छ हिजो लोकतन्त्रका लागि लागेका थियौँ, आज लोकतन्त्र शान्ति र विकासका लागि लागेका छौँ ।”
नेका उपसभापति एवम् प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले प्रक्रियाका साथै सहमतिको क्रम पनि बढ्नेमा जोड दिँदै आफूहरु सबैसँग सहमति गरेरै अघि बढ्ने बताउनुभयो । उहाँले सहमति भन्दै अनन्तकालसम्म अल्झिन नहुनेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता अर्जुननसिंह केसी, गगनकुमार थापा, कृष्णचन्द्र नेपालीलगायतले पार्टीबाट गरिने यस्ता किसिमका प्रशिक्षण सङ्गठन सुदृढीकरणका लागि निकै उपयोगी हुने बताउनुभयो ।
तीनदिने प्रशिक्षणका क्रममा पार्टी कार्यालय सञ्चालन, व्यवस्थापन, सूचना प्रसारण आदि सम्बन्धमा विभिन्न विज्ञबाट प्रशिक्षण दिइने सो पार्टीले जनाएको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया