राष्ट्रिय लिग फुटबलः आर्मीद्वारा झापा पराजित
काठमाडौँ, १३ माघ । त्रिभुवन आर्मी क्लबले भापा एघार फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा आर्मीले झापा एघारलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।
आर्मीको जितमा टेकबहादुर बुढाथोकी नायक बने । उनले खेल सुरुआतीको छैटौँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल साबित भयो । आर्मीका राजु तामाङको कर्नर बललाई सदुपयोग गर्दै बुढाथोकीले हेड गोल गरेका थिए ।
खेलको निर्धारित समयसम्म गोल फर्काउन निकै प्रयासरत झापा एघार खेलको छँैटौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । जारी प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब र लुम्बिनी फुटबल क्लबले पनि समान तीन तीन अङ्क जोडेका छन् ।
यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दीले सुुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको थियो भने थ्रिस्टार मोरङ फुटबल क्लबलाई र लुम्बिनी नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएका थिए । बुधबार थ्रिस्टार क्लबले सुदूपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।
राष्ट्रिय पुरुष भलिबल फागुनमा
पद्मोदय युवा क्लब चितवनको आयोजनामा पद्मोदय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी फागुनको पहिलो सातामा सञ्चानल हुने भएको छ ।
क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्लाकै इतिहासमा राष्ट्रियस्तरको प्रतियोगिता पहिलो पटक सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकरी दिनुभयो । प्रतियोगिता आगामी फागुनको ४ गतेदेखि सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, आयोजक क्लब र पाँच विकास क्षेत्रको टोलीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रो र चौथो हुनेले क्रमशः रु ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि सात सदस्यीय कार्यालय टोली, १९ उपसमिति र ६१ सदस्यीय सचिवालयसहित ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जनाइएको छ ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया